असार २३, २०८२ सोमबार July 7, 2025

मेस्सीले ला लिगा सिजनको अन्तिम खेल नखेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ला लिगा अन्तर्गत सिजनको अन्तिम खेल नखेल्ने भएका छन् । बार्सिलोनाले सिजनको अन्तिम खेलमा आइतबार इबरसँग खेल्नेछ ।

तर, बार्सिलोनाले मेस्सीलाई अन्तिम खेलमा आरामको मौका दिएको हो । बार्सिलोनाले आइतबार हुने अन्तिम खेल नखेल्ने पुष्टि गरेको छ ।

मेस्सी अर्को महिनाबाट सुरु हुने कोपा अमेरिकाको लागि आराम गर्ने बताईएको छ । कोपा अमेरिका जुन १३ बाट अर्जेन्टिनामा सुरु हुनेछ ।

मेस्सी शुक्रबार टिमको प्रशिक्षणमा समेत उपस्थित भएका थिएनन् । बार्सिलोना यस सिजन उपाधि होडबाट बाहिरिसकेको छ ।

मेस्सीको बार्सिलोनासँगको सम्झौता समेत यस सिजनको अन्त्यसँगै सकिदैछ । एजेन्सी ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया