जेठ २३, २०८३ शनिबार June 6, 2026

गायिका पारु राईको ‘तिम्रो तृष्णा’ सार्वजनिक (भिडियोमा हेर्नुहोस)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गायिका पारु राईको सांगीतिक कोसेली तिम्रो तृष्णा बोलको गीत सार्वजनिक भएको छ । एक दशक अघि प्यास नामक गिती एल्बमबाट सांगितिक यात्रा तय गरेकी राईले “तिम्रो तृष्णा” बोलको गीत लिएर दर्शक सामु पुनः आएकी हुन् ।

राईलाई भ्वाईस अफ नेपालका फाईनलिष्ट विकाश लिम्बुले साथ दिएका छन् । पछिल्लो समय बिकाश सम्भावना बोकेका गायकको रुपमा परिचित छन् । गीतको शब्द रचना गायिका स्वयंको हो भने संगीत वरिष्ठ गायक तथा संगीतकार तारा प्रकाश लिम्बुले भरेका छन् ।

यूके र नेपालका विभिन्न सुन्दर तथा रमणीय ठाउँमा छायांकन गरिएको यस भिडियोमा छांयाकन, सम्पादन एवं निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गरेका छन् र नेपालतर्फ सुरज तामाङले निर्देशन गरेका छन् ।

करिब डेढ दशक यता ब्रिटिश गोर्खा सेनामा सेवारत साथै सामाजिक अभियन्ता मण्डल थेवे, पारु राई, बिकाश लिम्बु र बृक्षा लिम्बुले यस गीतमा अभिनय गरेका छन् साथै मेकअप बिपना गुरुङ, सह–छायाँकन आशिष श्रेष्ठ र रंग संयोजन नविन निरौलाको रहेको छ ।टिकटकमा समेत राम्रो फलोअर कमाएका मण्डल थेवे टिकटकमा प्राय गोर्खा भर्ती सम्वन्धी जानकारी एवं सन्देशमुलक भिडियोहरु हाल्ने गर्छन् । सानै उमेर देखि कलाकारितामा झुकाव भएकोले अवसर पाएसम्म समय मिलाएर कलाकारितामा निरन्तर लाग्ने बताए ।

नेपाल छँदै संगीतको आधारभुत शिक्षा लिइसकेकी गायिका आफ्नो पारिवारिक जिम्मेवारीको कारण आफ्नो सांगीतिक यात्रालाई औपचारिक रुपमा निरन्तरता दिन नसके पनि बिगत तीन वर्ष यता दि लण्डन कलेज अफ म्युजिक अन्तर्गत क्लासिकल पियानो सम्बन्धि कक्षा लिई रहेकी छिन् ।

प्रवासमा रहेर आफुलाई मन पर्ने पेशा अङगाल्न सोचे जस्तो सहज छैन तथापि ब्रिटिश आर्मीमा कार्यरत श्रीमान दिलिप राईको साथ र प्रोतसाहनले आगामाी दिनमा सांगीतिक छेत्रमा निरन्तर लाग्न अझ धेरै प्रेरित गरेको उनले बताइन् । नेपाल पाँचथरमा जन्मिएकी पारु हाल बेलायतमा पल्टने जीवन बिताई रहेकी पारु राई करिब ९ वर्षदेखि स–परिवार बेलायत बस्दै आएकी छिन् ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक
२०८३ जेठ २३, शनिबार
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
२०८३ जेठ २३, शनिबार
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार