असार २४, २०८२ मंगलबार July 8, 2025

आपतकालीन घोषणा भए पनि टोकियो ओलम्पिक नरोकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले टोकियो ओलम्पिक आपतकालीन अवस्थामा पनि हुने जनाएको छ। आइओसीका शीर्ष पदाधिकारीले टोकियोमा आपतकालीन घोषणा भए पनि ओलम्पिक नरोकिने बताएका हुन् ।

टोकियोमा आपतकालीनको घोषणा भए पनि प्रतियोगिता कसरी सुरक्षित तरिकाले गर्ने भन्नेमा योजना बनेको र त्यहीअनुसार हुने आइओसीका उपाध्यक्ष जोन कोयट्सले बताएका छन् ।

जापानका ७० प्रतिशत नागरिकले भने कोरोना महामारीका कारण ओलम्पिक रद्द हुनुपर्ने बताएका छन् । कोभिडका कारण एक वर्ष स्थगित भइसकेको प्रतियोगिता आउँदो जुलाई २३ तारिखदेखि अगष्ट ६ तारिखसम्म हुँदैछ । कोरोनाको जोखिम बढेपछि जापानको राजधानीमा मे ३१ तारिखसम्म आपतकालीन अवस्था लागू गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया