असार ५, २०८३ शुक्रबार June 19, 2026

अर्को पार्टी खोल्ने निर्णय गर्‍यौं : माधव कुमार नेपाल (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एमाले फेरि फुटको दिशामा लागेको हो ?

केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्‍याउँदै हुनुहुन्छ । अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ ।

तपाईंहरूकै चाहिँ कुरा के हो त ?

ओलीजीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँमा जाने हाम्रो स्थायी कमिटीको निर्णय नै छ । हाम्रो आज (शनिबार) पनि बैठक बसेको थियो, उहाँको अलोकतान्त्रिक कदमविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छौं ।

तपाईंको समूहका स्थायी कमिटी सदस्यहरू अहिले नि एकै ठाउँमा हुनुहुन्छ र ?

को–को हुनुहुन्थ्यो भनेर नसोध्नुस्, हाम्रो स्थायी कमिटी बैठक बसेको थियो र हामीले यही निर्णय गर्‍यौं ।

यही निर्णय भनेको नयाँ पार्टी खोलेर जाने भन्ने हो ?

स्वाभाविक हो नि ।

तर तपाँईंहरूले शुक्रबार गरेको निर्णयले त न प्रतिनिधिसभा जोगियो, न एमाले जोगाउन सक्नुभयो, घाटा त यहाँहरूलाई नै भयो हैन ?

प्रतिनिधिसभामाथि ओलीजीले नै एकपछि अर्को प्रहार गर्न थालेपछि हामीले के गर्न सक्छौं र ? हामीले त जोगाउन सक्दो प्रयत्न गरेकै हो नि । उहाँले असंवैधानिक कदम चालेपछि हाम्रो उपाय लागेन । प्रतिनिधिसभा र लोकतन्त्र जोगाउन हामी फेरि पनि लागेका छौं । जो लोकतन्त्र र प्रतिनिधिसभा जोगाउन लाग्छ, उसैले कम्युनिस्ट पार्टी जोगाउने हो ।

लोकतन्त्र जोगाए मात्र न कम्युनिस्ट पार्टी हुनुको उपादेयता रहने हो । लोकतन्त्र, गणतन्त्र र परिवर्तनविरुद्धमा, विदेशी दासताको पक्षमा, विदेशीले लगाएको काममा लागेपछि त कसरी प्रतिनिधिसभा जोगिन्छ ?

तपाईंहरूले पनि समयमै निर्णय गर्न त नसक्नुभएकै हो नि ?

निर्णय गर्न त सबै पाक्नुपर्‍यो । यत्तिकै निर्णय गरेर भएन ।

लोकतन्त्र जोगाउने भन्ने तर आफ्नो पार्टी अध्यक्षलाई हराउन अर्को पार्टीकालाई सहयोग गर्ने दोहोरो चरित्र भयो भन्ने आक्षेप छ, स्पष्टीकरण नै सोधिएको छ ?

हामीसँग कुनै मतलब नराखेर उहाँले नै दक्षिणपन्थीहरूसँग साँठगाँठ गरेको होइन ? उहाँले एकलौटी गर्नुभएको छ । विदेशीसँग याचना गर्नुभएको छ । ओलीजीले सोधेको स्पष्टीकरणबारे के कुरा गर्नु !

पार्टी एकताका लागि गठन भएको कार्यदल के हुन्छ ?

त्यो कार्यदलको औचित्य उहाँले सिध्याइदिनुभयो । यत्रो कार्यदल बनेको छ, सरसल्लाह गर्नुपर्दैन ? सोध्दै नसोधी संसद् विघटन गर्ने ? केही सल्लाह गर्नुपर्दैन ? अध्यादेश ल्याउनुअघि केही सल्लाह गर्नुपर्दैन ? कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार