असार २३, २०८२ सोमबार July 7, 2025

सर्वाधिक गोलकर्ता मेस्सीले आठौं पटक ‘पिचिची ट्रफ्री’ उचाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पिचिची ट्रफी जितेका छन् । ला लिगामा यो सिजन सर्वाधिक गोलकर्ता बन्दै मेस्सीले पिचिची ट्रफी हात पारेका हुन् ।

बार्सिलोनालाई ला लिगाको उपाधि दिलाउन असफल भएपनि कोपा डेल रे जिताएका मेस्सीले ला लिगामा सर्वाधिक ३० गोल गर्दै पिचिची ट्रफी जितेका हुन् । उनले ३५ खेलमा ३० गोल र ९ असिस्ट दिए ।

ट्रफी जित्ने क्रममा मेस्सीले रियल मड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र भिल्लारियलका जेरार्ड मोरेनोलाई पछि पारे । बेन्जमाले २३ गोल र ९ असिस्ट दिएका थिए । मोरेनोले २३ गोल ७ असिस्ट दिएका थिए ।

मेस्सीले आठौंपटक तथा लगातार पाँचौ सिजन पिचिची ट्रफी जितेका हुन् । उनी लगातार पाँच सिजन यस अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीले यसअघि २००९–१० मा (३४), २०१२–१२ मा (५०), २०१२–१३ मा (४६), २०१६–१७ मा (३७), २०१७–१८ मा (३४), २०१८–१९ मा (३६), २०१९–२० मा (२५) गोल गरेका थिए ।

मेस्सीले आठौंपटक तथा लगातार पाँचौ सिजन पिचिची ट्रफी जितेका हुन् । उनी लगातार पाँच सिजन यस अवार्ड जित्ने पहिलो खेलाडी हुन् । मेस्सीले यसअघि २००९–१० मा ९३४०, २०१२–१२ मा ९५००, २०१२–१३ मा ९४६०, २०१६–१७ मा ९३७०, २०१७–१८ मा ९३४०, २०१८–१९ मा ९३६०, २०१९–२० मा ९२५० गोल गरेका थिए ।- एजेन्सी । 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया