मंग्सिर १, २०८२ सोमबार November 17, 2025

पर्वतारोहण यात्रामा नेपाल एसियाकै पहिलो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पर्वतारोहण यात्राका लागि नेपाल एसियाकै सर्वोत्कृष्ट गन्तव्य चुनिएको छ।

मलेसियामा नेपालले पर्वतारोहण यात्राको लागि ‘कन्ट्री अफ द इयर’ अवार्ड हात पारेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ।

आरएचए मिडियाले आयोजना गरेको ‘टप एसिया कर्पोरेट बल २०१९’ कार्यक्रममा पर्वतारोहण यात्राको उत्कृष्ट गन्तव्यमा नेपाल चुनिएको हो।

विविध अनुसन्धान सर्वेक्षणपछि चुनिएका पाँच एसियाली देशमा नेपालले अवार्ड पाएको हो।
उक्त अवार्ड मलेसियाको पर्यटन, कला एवं संस्कृति उपमन्त्री वाईबी तुआन मुहम्मद बक्तर बिन वान चिकले मलेसियाका लागि नेपाली राजदूतलाई प्रदान गरेका हुन्। क्वालालम्पुरमा रहेको शांग्रिला होटलमा शुक्रबार आयोजित विशेष समारोहमा अवार्ड प्रदान गरिएको त्यहाँस्थित राजदूतावासले जनाएको छ।

समारोहमा मलेसियाली मन्त्रीहरु, राजपरिवार, कम्पनीका सीईओलगायतको उपस्थिति रहेको थियो।

‘द टप १० अफ एसिया’ एउटा अंग्रेजी म्यागजिन हो। यसको प्रकाशन रिसर्च हाउस अफ एसिया (आरएचए)ले गर्दै आएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनेरास्ववियुको महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय
२०८२ मंग्सिर १, सोमबार
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड सजाय
२०८२ मंग्सिर १, सोमबार
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार