बैसाख १७, २०८३ बिहिबार April 30, 2026

भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार ग¥यो : देउवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नेपालमाथि पाकिस्तानलाई जस्तै व्यवहार गरेको टिप्पणी गरेका छन् ।

कालापानी र सुस्ता क्षेत्रलाई विवादित भूमि भनेर मानेको तर अचानक नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको उनले बताएका छन । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले भने, कालापानी र सुस्ता विवादास्पद ठाउँ हो भनेर उनीहरुले मानेका हुन् । अहिले अचानक जम्मू कश्मीर हाल्यो, नेपालको पनि हालिदियो । पाकिस्तान र नेपाललाई बराबर जस्तो गरिदियो नि ।’

त्यही कारण आफूहरुले प्रधानमन्त्री ओलीलाई अगाडि बढ्नुस्, हामी साथमा छौं भनेको उनले सुनाएका छन । तर सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुराको जमिन फिर्ता गराउन सरकारले सार्थक पहल नगरेको देउवाको आरोप छ ।

कांग्रेस सभापति देउवाले भने, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो जमिन हो । तर सरकारले हाम्रो अतिक्रमित भूमि फिर्ता गराउन कूटनीतिक पहल गरेको देखिएन ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार
आज पनि घट्यो नेप्से परिसूचक
२०८३ बैसाख १७, बिहिबार
राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी
२०८३ बैसाख १७, बिहिबार
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
२०८३ बैसाख १७, बिहिबार