असार २४, २०८२ मंगलबार July 8, 2025

सन्दीपले क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्ने भएका छन् । राइडर्सले उनलाई ड्राफ्टमार्फत टोलीमा समावेश गरेको हो ।

लामिछानेले लगातार चौथो पटक सिपिएल खेल्ने अवसर प्राप्त गरेका हुन् । सन् २०१८ मा उहाँ पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्समा पाँच हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए । लामिछानेलाई सन् २०१९ मा दोस्रो पटक बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलरमा तथा सन् २०२० मा जमैका तल्लावाहजमा ९० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए ।

यस पटक लामिछानेको अनुबन्धित रकम खुलाइएको छैन । लामिछाने सम्मिलित हुने नाइट राइडर्सका कप्तानमा केइरन पोलार्ड तथा अन्य खेलाडीमा सुनिल नराइन, दिनेश रामदिन, कोलिन मुरनो, ड्यारेन ब्राभो, लेन्ड सिमोन्स, सिकन्दर राजा, अखिल हुसेन, ख्यारी पिएरे लगायत रहेका छन् ।

गत वर्षको सिपिएलमा लामिछानेले जमैकाका लागि ११ खेलमा १२ विकेट लिनुभएको थियो । हालसम्म खेलेको सिपिएलका तीन वटै संस्करणमा उनले ३३ विकेट लिइसकेका छन् । सन् २०२१ को सिपिएल आगामी अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सञ्चालन हुने छ । – रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया