असोज १६, २०८० मंगलबार October 3, 2023

भक्तपुर क्यान्सर अस्पतालका पुरानो समितिले गरेका सबै नियुक्ति बदर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर गरिएको छ।

समितिले आइतबार अस्पतालको कामु प्रमुख कार्यकारी अधिकृतमा रुपेश शिलाकार, कामु मेडिकल डाइरेक्टरमा डा. दिपेश ढकाल, कामु डेपुटी मेडिकल डाइरेक्टर डा उत्सवमान श्रेष्ठ र कामु डेपुटी मेडिकल डाइरेक्टर डा.अजयकुमार झालाई नियुक्ति गरेको थियो।

जिल्लामा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त पदमा गरिएको नियुक्ति निर्वाचन आचारसंहिता २०७२ को दफा ९ र १० विपरीत भएकाले निर्वाचन आयोगले नियुक्ति बदर गरेको अस्पतालका प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिएका छन।

ती पदमा जुनसुकै तरिकाले नियुक्ति भए पनि उक्त नियुक्ति निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा (२) बमोजिम निर्वाचन आयोगले बदर गरी २४ घण्टाभित्र सोको जानकारी आयोगलाई दिन समितिलाई निर्देशन दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पिके डायगोनिस्टिकका संचालकमाथि आक्रमण गर्ने अभियुक्त सार्वजनिक
२०८० असोज १७, बुधबार
धनगढीमा मंसिर २५ देखि जुनियर कप क्रिकेट हुने
२०८० असोज १६, मंगलबार
२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी
२०८० असोज १६, मंगलबार
दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा
२०८० असोज १६, मंगलबार
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी
२०८० असोज १६, मंगलबार
सुन तस्करी प्रकरणमा सीआईबीले लियो कृष्ण बहादुर महराको बयान
२०८० असोज १६, मंगलबार
धार्मिक हिंसा भड्काउन विवादास्पद अभिव्यक्ति दिने धर्मगुरु आचार्य पक्राउ
२०८० असोज १६, मंगलबार