माघ २८, २०८१ सोमबार February 10, 2025

काठमाडौँ उपत्यकाको तापक्रम घट्यो, आज यो वर्षकै चिसो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै बुधबार बढी चिसो महसुस गरिएको छ भने देशभर चिसो बढेको छ।

बुधबार काठमाडौँको न्यूनतम तापक्रम यो वर्षकै कम ८ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ। मंगलबार उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री सेल्सियस थियो।

पश्चिमी वायुको प्रभावले देशभर चिसो बढ्ने क्रम शुरु भएको मौसमविद् समीर श्रेष्ठले बताएका छन। उनका अनुसार राति बदली भइ तापक्रम घटने र आकाश खुला भए तापक्रम बढ्ने हुन्छ। चिसो बढ्ने क्रममा छ।

‘यस वर्ष उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ। माइनसमा पुग्ने सम्भावना भने छैन्’, मौसमविद् श्रेष्ठले भने। अबको केही दिन तापक्रम घटबढ भइरहने छ।
पश्चिमी वायु सक्रिय भएकाले देशको पश्चिमी तथा मध्य हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पोखरा, दाङ, धनकुटा, दिपालय, वीरेन्द्रनगरको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस छ। आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्रीमा झरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भ्रष्टाचारसम्बन्धी अनुसन्धानलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड
२०८१ माघ २८, सोमबार
संसद्को दुबै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८१ माघ २८, सोमबार
अन्तरजातीय जोडीमाथि राज्यको ज्यादती प्रकरण : गृहमन्त्री लेखकमाथि छानबिन गर्न संसदीय समिति गठनको माग
२०८१ माघ २८, सोमबार
संसद्को कार्यसूचीमै परेन सरकारको अध्यादेश
२०८१ माघ २८, सोमबार
शीर्ष नेतृत्वको भाषणबाजीमा शेरा दरबार
२०८१ माघ २८, सोमबार
वर्षमा ७१ अर्बसम्म खर्च, सबै गैरसरकारी संस्थाको कारोबारको अध्ययन सुरु
२०८१ माघ २८, सोमबार
अन्योलमै काम गर्न निर्देशन
२०८१ माघ २८, सोमबार