श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

‘द भ्वाइस अफ नेपाल ३’ का नयाँ एपिसोडहरु आउँदो सातादेखि प्रशारण हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं: गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’ आउँदो सातादेखि प्रशारण हुने भएको छ। दुई सातादेखि रोकिएको शोका आउँदा एपिसोडहरु प्रशारण हुने भएका हुन्।

२ साता अगाडि कोरोना संक्रमण बढेकाले जोखिम लिन नसकिने भन्दै शोको प्रशारण रोकिएको आयोजकले सामाजिक सञ्जालमार्फत जानकारी गराएको थियो।

आउँदो हप्ताको शुक्रवारदेखि ‘द भ्वाइस अफ नेपाल ३’का नयाँ एपिसोडहरु प्रसारण हुने शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।

‘आउँदो हप्ताको लागि एपिसोडहरु हामीसँग छ। त्यसपछिको हप्ता अन्य एपिसोडहरु सुटिङ गरेर रेगुलर जाने सोच बनाएका छौँ। सबै अवस्था ठिक भएमा शो निरन्तर प्रशारण हुने छ,’ उनले भने।

शोका १८ एपिसोडहरु प्रसारण हुनुका साथै ‘ब्लाइन्ड अडिसन र ब्याटल राउन्ड’ सकिएको छ। आगामी सातादेखि ‘नकआउट राउन्ड’ का एपिसोडहरु प्रशारण हुने छन्।

कोभिड-१९ जोखिमलाई मध्यनजर गर्दै बीचमा सुटिङ रोकिएको निर्देशक पौडेलले बताए। सुटिङ सकिएपछि मात्रै निर्णायक प्रमोद खरेललाई कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए।

‘द भ्वाइस अफ नेपाल ३’ हरेक शुक्रवार र शनिवार राति ८ बजेबाट हिमालय टेलिभिजनबाट प्रशारण हुँदै आएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन
२०८३ श्रावण १५, शुक्रबार
क्यान्सर अस्पतालमा ३५० शैय्या निःशुल्क : जनशक्ति र श्रोत साधनको अभाव
२०८३ श्रावण १५, शुक्रबार
प्रदेशप्रमुख खापुङ र मुख्यमन्त्री कार्कीबीच भेटवार्ता
२०८३ श्रावण १५, शुक्रबार
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि २५ अर्ब रुपैयाँ बजारबाट तान्दै
२०८३ श्रावण १५, शुक्रबार
चालु आवका कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मन्त्री यादवको निर्देशन
२०८३ श्रावण १५, शुक्रबार
सामाजिक सद्भाव, शान्ति र एकता कायम गर्न अन्तर्राष्ट्रिय निर्देशक राजन लम्सालको आह्वान
२०८३ श्रावण १५, शुक्रबार
एमालेका मेयरसहित ६ जनप्रतिनिधिको पद रिक्त (सूची सहित)
२०८३ श्रावण १५, शुक्रबार