भाद्र १, २०८३ सोमबार August 17, 2026

देउवाजी ठाडै झुट बोल्नुभयो, यहाँलाई धन्यवाद : प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपांं)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीमा विवादमा विपक्षी दलका नेता शेरबहादुर देउवाले झुट बोलेको बताएका छन् । यसरी नै झुट बोलिरहे नेपाली कांग्रेस भन्ने पार्टी पनि थियो भन्ने किम्बद्धन्ती बन्ने अवस्था आउन सक्ने बताएका छन ।

देउवाले कास्कीको चुनावीसभालाई सम्बोधन गर्दै भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै नेपाली भूभाग समेटेको नक्सा सार्वजनिक गरेको अभिव्यक्ति दिएका थिए ।
कास्कीमै पुगेर प्रचण्डले त्यसको खण्डन गरेका छन । उनले भने, ‘शेरबहादुरजीले ठाडै झुटो बोल्नुभयो । उज्यालो घाम लागेको बेला हत्केलाले सूर्य छोप्ने नाटक गर्नुभयो ।’

प्रधानमन्त्री ओली स्वयंमले बोलाएको सर्वदलीय सर्वपक्षीय बैठकमा देउवा स्वयंमले सरकारले राम्रो सुरुआत गरेको छ, हाम्रो साथ छ भनेको स्मरण गर्दै नेकपा अध्यक्ष प्रचण्डले भने, ‘साह्रै तल खसेर झुट बोलेको देख्दा चिन्ता लागेको छ ।’

कांग्रेस साह्रै तल खसेको आफूलाई मन नपर्ने भन्दै उनले भने, झुट बोल्न छाड्नुस् । संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म पक्रिने कोसिस गर्नुस् । होइन भने यहि बुद्धि हो भने कांग्रेस भन्ने पार्टी थियो भन्ने किम्बद्धन्ती बन्न बेर छैन ।’

प्रचण्डले चुनावमा सरकार र पार्टीले गरेको राम्रा कामसँगै विपक्षीले गरेका नराम्रा कामको पनि प्रभाव रहने बताएका छन ।

कांग्रेसका नेताहरुले भाषण सुन्दा कास्की २ मा विद्या भट्टराईको जित सुनिश्चित भइसकेको आफूले महसुस गरेको उनले सुनाएका छन । प्रचण्डले अघि भने, यस अर्थमा शेरबहादुरजी, जसले यहाँ आएर ठाडै झुट बोल्नुभयो । उहाँलाई धन्यवाद भन्न चाहन्छु । उहाँले विद्या भट्टराईको जित सुनिश्चित गरेर जानुभयो ।’

उनले नेकपाका उम्मेदवार विद्या भट्टराई दिवंगत नेता रवीन्द्र अधिकारीको पत्नी मात्र नभई प्राज्ञिक र नेपाली राजनीतिकको अध्येता भएका समेत बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
२०८३ भाद्र १, सोमबार
राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथी दर्ज्यानी प्रदान
२०८३ भाद्र १, सोमबार
युवतीसँग होटलमा भेटिएका काभ्रेको सई माथी छानबिन सुरू
२०८३ भाद्र १, सोमबार
विश्वासको मत नलिइ बागमती मुख्यमन्त्री बानियाँले दिए राजिनामा
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
सभामुखले पहिलो पटक गरे प्रधानमन्त्रीलाई जवाफ दिन रूलिङ
२०८३ भाद्र १, सोमबार