फागुण ३, २०८१ शनिबार February 15, 2025

युवा स्वरोजगारमा अनुदान प्रभावहिनः अर्थमन्त्री खतिवडा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले युवा स्वरोजगारको नाउँमा सिधै अनुदान नदिने बताएका छन्।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत (दोश्रो संशोधन) कार्यविधि, २०७६को प्रभावकारी कार्यान्वयनका लागि बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले अनुदानको प्रभावकारीता नभएको बताएका हुन्। उनले कृषि, उद्योग तथा व्यवसायमा सिधै अनुदान दिँदा कुनै उपलब्धी नभएको बताउँदै उत्पादनका साधनमा मात्र अनुदान दिने बताएका छन। त्यसका लागि सरकारले अनुदान सम्बन्धी नीतिमा पुनरावलोकन गर्न लागेको समेत जानकारी दिएका छन।

अर्थमन्त्री खतिवडाले युवालाई स्वरोजगार बनाउन बैंक मार्फत ब्याज अनुदानमा कर्जा उपलब्ध गराइएको उल्लेख गर्दै त्यसको सही सदुपयोग गर्न समेत आग्रह गरेका छन। प्रकृया पुगेपछि पनि बैंहरुले कर्जा नदिए त्यसको उजुरी अर्थमन्त्रालयमा गर्न उनको आग्रह थियो। कार्यक्रममा बैंकहरुले सरकारले कर्जाको सुरक्षा हुनेगरी व्यवस्था गरे सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउन कुनै समस्या नरहेको बताएका छन्।

कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुंगेलले युवाहरुलाई सहुलियत पूर्ण कर्जा समयमै तिरी असल ऋणी र उद्यमी बन्न प्रेरित गर्न सकेमात्र यस्तो कर्जाको प्रभावकारीता बढ्ने बताएका छन।

यसअघि सरकारले विभिन्न ७ शिर्षकका कर्जामा ५ देखि ६ प्रतिशत सम्म अनुदान दिने व्यवास्था गरेको थियो। तर सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७६ को दोश्रो संशोधनमा थप २ शिर्षक कपडा उद्योग र प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद्बाट मान्यता प्राप्त संस्थाबाट लिने तालिमका लागि समेत सहुलियत ब्याज अनुदानमा कर्जा दिने व्यवास्था गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आहारारा पोखरा गोल्डकप : नेपाल पुलिस र ब्ल्याक बुल्स एफसीबीच फाइनल भिडन्त हुँदै
२०८१ फागुण ३, शनिबार
हमासले शनिबार रिहा गर्ने तीनजनाको नाम सार्वजनिक
२०८१ फागुण २, शुक्रबार
ताप्लेजुङको आठराई त्रिवेणी पालिकाले निःशुल्क दाँत उपहार दिने
२०८१ फागुण २, शुक्रबार
सशस्त्र प्रहरीद्धारा पर्साबाट १७ लाखभन्दा बढी मूल्यको औषधी बरामद
२०८१ फागुण २, शुक्रबार
नेपाल तरुण दलको सदस्यता वितरण फागुन २९ गतेसम्म
२०८१ फागुण २, शुक्रबार
नयाँ नौ विधेयक ल्याउने मुख्यमन्त्री पाण्डेको घोषणा
२०८१ फागुण २, शुक्रबार
प्रधानमन्त्रीसँग सिङ्गापुरको सर्वना ग्रुपको भेटवार्ता : नेपालमा लगानी विस्तारबारे छलफल
२०८१ फागुण २, शुक्रबार