मंग्सिर १८, २०८२ बिहिबार December 4, 2025

हङकङका प्रदर्शनकारीलाई समर्थन गर्ने विधेयकमा ट्रम्पको हस्ताक्षर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हङकङका प्रदर्शनकारीहरूको पक्षमा खुलेका छन् । हङकङको संसदमा सुपुर्दगी सन्धि पेस भएपछि त्यसको विरोधमा प्रदर्शन भइरहेको छ । प्रजातन्त्र माग्दै आन्दोलन जारी रहेका बेला ट्रम्पले प्रदर्शनकारीहरूलाई समर्थन गर्ने अमेरिकी संसद्को विधेयकमा हस्ताक्षर गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले चीन, त्यहाँका राष्ट्रपति सी चिनिफिङ र हङकङका जनताप्रति सम्मान दर्शाउन आफूले नयाँ कानूनमा हस्ताक्षर गरेको बताएका छन् ।

‘चीन र हङकङका नेता र प्रतिनिधिहरूले आफ्ना मतान्तरहरू शान्तिपूर्ण तरिकाले हल गरून् र सबैका लागि दीर्घकालीन शान्ति र समृद्धि हासिल होस् भनेर विधेयक ल्याइएको हो’, ट्रम्पले विधेयकमा हस्ताक्षर गर्नुको औचित्यबारे भनेका छन् ।
हङकङ प्रजातन्त्र तथा मानव अधिकार विधेयक अमेरिकी कंग्रेसमा पेस भएको थियो । पेस गरिएको विधेयकले संसदबाट पारित भएर कानूनी मान्यता पाएको छ ।

अमेरिकासँग चीनको सम्बन्ध सुमधुर छैन । दुई देशबीच व्यापारिक युद्ध चलिरहेका बेला चीनले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चीनलाई चेतावनी दिँदै आइरहेको छ ।

यहीबीच अमेरिकाले ल्याएको नयाँ कानूनले चीनलाई थप आक्रोसित बनाउने ठानिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार