मंसिर २२, २०८० शुक्रबार December 8, 2023

हङकङका प्रदर्शनकारीलाई समर्थन गर्ने विधेयकमा ट्रम्पको हस्ताक्षर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प हङकङका प्रदर्शनकारीहरूको पक्षमा खुलेका छन् । हङकङको संसदमा सुपुर्दगी सन्धि पेस भएपछि त्यसको विरोधमा प्रदर्शन भइरहेको छ । प्रजातन्त्र माग्दै आन्दोलन जारी रहेका बेला ट्रम्पले प्रदर्शनकारीहरूलाई समर्थन गर्ने अमेरिकी संसद्को विधेयकमा हस्ताक्षर गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले चीन, त्यहाँका राष्ट्रपति सी चिनिफिङ र हङकङका जनताप्रति सम्मान दर्शाउन आफूले नयाँ कानूनमा हस्ताक्षर गरेको बताएका छन् ।

‘चीन र हङकङका नेता र प्रतिनिधिहरूले आफ्ना मतान्तरहरू शान्तिपूर्ण तरिकाले हल गरून् र सबैका लागि दीर्घकालीन शान्ति र समृद्धि हासिल होस् भनेर विधेयक ल्याइएको हो’, ट्रम्पले विधेयकमा हस्ताक्षर गर्नुको औचित्यबारे भनेका छन् ।
हङकङ प्रजातन्त्र तथा मानव अधिकार विधेयक अमेरिकी कंग्रेसमा पेस भएको थियो । पेस गरिएको विधेयकले संसदबाट पारित भएर कानूनी मान्यता पाएको छ ।

अमेरिकासँग चीनको सम्बन्ध सुमधुर छैन । दुई देशबीच व्यापारिक युद्ध चलिरहेका बेला चीनले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चीनलाई चेतावनी दिँदै आइरहेको छ ।

यहीबीच अमेरिकाले ल्याएको नयाँ कानूनले चीनलाई थप आक्रोसित बनाउने ठानिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई सहमतिमा नै टुङ्गोमा पुर्‍याउनुपर्छ : सभामुख
२०८० मंसिर २२, शुक्रबार
दुई किलो अवैध सुनसहित ३ जना नागढुङ्गा नाकाबाट पक्राउ
२०८० मंसिर २२, शुक्रबार
मनाङमा जलवायु परिवर्तनको असर, हराए हिमालका हिउँ र ताल
२०८० मंसिर २२, शुक्रबार
धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
२०८० मंसिर २२, शुक्रबार
विभिन्न हातहतियारसहित ७ जना पक्राउ
२०८० मंसिर २२, शुक्रबार
स्वास्थ्य क्षेत्रको रणनीति कार्यान्वयन गर्न सबैको सहयोग आवश्यक : मन्त्री बस्नेत
२०८० मंसिर २२, शुक्रबार
सरकार आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
२०८० मंसिर २२, शुक्रबार