जेठ २३, २०८३ शनिबार June 6, 2026

भरत सिग्देलको ‘मुटुभित्र सीमा दुख्छ’ सार्वजनिक (भिडियोसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गीतकार भरत सिग्देलको राष्ट्रिय गीत ‘मुटुभित्र सीमा दुख्छ’को म्युजिक भिडियो सार्वजनिक भएको छ । एम पि टू एन क्रियशनमार्फत् बुधबार सार्वजनिक गीतमा देशप्रेमको भाव झल्काइएको छ ।

आफ्नो मुलुकको सीमा मुटुभित्र रहेको, सीमामा समस्या हुँदा देश दुख्ने र आफ्नै देशको भाषाभेष नै सबैभन्दा प्यारो रहेको भाव गीतमा पाइन्छ । विकास चौधरीको संगीतमा विकास लिम्बुको स्वर रहेको गीतको म्युजिक भिडियो काठमाडौ र नुवाकोटका विभिन्न स्थानमा छायाँकन गरिएको हो ।

नारद आचार्य सुदामा र केशव वैरागी माइलोको निर्माण रहेको भिडियोमा लय सङ्ग्रौला, उत्तम केसी, मनोज गजुरेल, उदय सुब्बा, डा. भिमलाल तामाङ, शान्ती सिग्देल, अस्मिता सिग्देल, सुवास मेचे लगायतको अभिनय रहेको छ । भिडियो निर्देशन उषा मलह सिम्रनले गरेका हुन् भने छायाँकन खेम थापा मगरले गरेका छन् ।

गीतमा सिग्देलले आफ्नो मुलुकभन्दा बहुमुल्य अन्य चीज नरहेको भाव दर्शाएका छन् । तराई, पहाड, हिमाल सबै भु-भागको आ-आफ्नै विरताको गाथा रहेको सन्देश गीतमा दिइएको छ ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थानीय तहसम्म ज्ञान र प्रविधि पु-याउँदै कोइका स्वयंसेवक
२०८३ जेठ २३, शनिबार
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
२०८३ जेठ २३, शनिबार
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार