वैशाख १५, २०८१ शनिबार April 27, 2024

विष्फोटक पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अति संवेदनशील विष्फोटक पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर बनेको छ ।

विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक पर्ने इमल्सनलाई विशेषगरी ठूला जलविद्युत् आयोजना तथा सडक पूर्वाधारका सुरुङमार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भीरफोर्नेलगायतका काममा उपयोग गरिन्छ ।

नेपाली सेना र नेपाल सरकारको संयुक्त सहकार्यमा मकवानपुरस्थित सुनचरीमा स्थापित नेपालको पहिलो इमल्सन प्लान्टले आफ्नो उत्पादन क्षमतालाई दोब्बर वृद्धि गर्न सुरुआत गरेसँगै इमल्सन उत्पादनमा नेपाल आत्मनिर्भर हुने ढोका खुला भएको हो ।

सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा निर्देशनालयका प्रमुख प्राविधिक उपरथी अजितवरसिंह थापाले सुनचरीमा थप नयाँ इमल्सन प्लान्ट स्थापना भएको र यसले उत्पादनसमेत सुरुआत गरेको जानकारी दिए । अब देशका लागि आवश्यक पर्ने विष्फोटन पदार्थ सोही प्लान्टले पूरा गर्ने विश्वास लिइएको छ ।
रु ५० करोडको लागतमा स्थापना भएको सो प्लान्टले दुईरचार सय मेट्रिक टन इमल्सन उत्पादन गरिसकेको नेपाली सेनाको मुख्यालयमा बुधबार आयोजित कार्यक्रममा उनले जानकारी दिएका छन । गत आवमा सो नयाँ र पुरानो गरी प्लान्टबाट विभिन्न जलविद्युत, सडक आयोजनाका लागि आवश्यक विष्फोटन पदार्थसहित ७९ मेट्रिक टन बिक्री वितरण भएको कार्यक्रममा जानकारी दिएको छ ।

चीन र भारतबाट आयात गरिने इमल्सनको प्रतिकेजी रु १९० भन्दा माथि पुग्दैन । तर सो प्लान्टमा उत्पादन भएको इमल्सनको प्रतिकेजी रु १९८ मा बिक्री वितरण गरिएको सेनाले जनाएको छ । उत्पादन लागतको ७७ प्रतिशत कच्चा पदार्थ आयातमा खर्च गर्नुपरेकाले उत्पादन लागत बढेको कार्यक्रममा प्रस्तुति गरिएको थियो ।

विसं २०६० मा स्थापना भएको पुरानो प्लान्टबाट हाल वार्षिक एक हजार २०० मेट्रिक टन विष्फोटक पदार्थ उत्पादन हुँदै आएको थियो । यो उत्पादन ‘सिङ्गलबेस प्रोपेलेन्ट प्लान्ट’ बाट मात्र हो । प्लान्टको उत्पादन क्षमतामा वृद्धि गर्न नयाँ ‘डबलबेस प्रोपेलेन्ट प्लान्ट’ स्थापना पूरा भएपछि विष्फोटन पदार्थको आवश्यकको माग पूरा भएको कार्यक्रममा जानकारी दिइयो ।

हाल नेपालमा पाँच हजार मेट्रिक टन विष्फोटन पदार्थ आवश्यक पर्ने एक अध्ययनले देखाएको छ ।

नेपाली सेनाका इञ्जिनीयरिङ विभागका प्रमुख प्राविधिक सहायक रथी रामधर सिंहका अनुसार विष्फोटन पदार्थ विकास निर्माणका लागि अति आवश्यक पदार्थ हो । यसलाई ‘सिभिल एक्सप्लोसिभ’ पनि भनिन्छ । सेनाले आफूले जिम्मा लिएका कठिन सडक निर्माणमा चट्टान फोर्न विष्फोटन पदार्थको पनि सहायता लिँदै आएको छ ।

सेनाले हालसम्म २७ सडक निर्माणका आयोजनामार्फत एक हजार ६६ किलोमिटर सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । हाल राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश जोड्ने द्रुतमार्गसहित अन्य पाँच आयोजना गरी कूल ५३६ किलोमिटर सडक निर्माण तीव्रगतिमा अगाडि बढाइरहेको छ ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको टनेल निर्माणका क्रममा यही प्लान्टबाट उत्पादन भएको विष्फोटन पदार्थको उपयोग गरिएको थियो । हाल यो आयोजनाको ९३ प्रतिशत काम सम्पन्न भइसकेको बताइन्छ । स्वदेशभित्र हाल २०० किलोमिटर टनेलिङ सडक निर्माण सम्पन्न भएका छन् । सोही मात्रामा नयाँ निर्माण भइराखेको टनेल इञ्जिनियर रामहरि शर्मा बताउँछन् ।

निजी क्षेत्रका निर्माण कम्पनीलाई इमल्सनको आवश्यकता र औचित्य पुष्टि भएपछि रक्षा, गृह मन्त्रालय तथा सेनाको स्वीकृति लिएर मात्र यहाँ उत्पादन भएका इमल्सन दिइने गरिन्छ । निगरानी गर्न सेनाका दक्ष प्राविधिक आफैं परिचालन हुने गर्दछन् । प्लान्टमा हाल ३० दक्ष प्राविधिक कार्यरत छन् । कार्यक्रममा बलाध्यक्षरथी गौरव तण्डुलले विष्फोटन पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर बनेको जानकारी दिएका छन ।

कार्यक्रममा सहभागी जलविद्युत् व्यवसायी भीम घिमिरेले नेपाली सेनाले उत्पादन गरेको विष्फोटन पदार्थ महङ्गो तथा कम गुणस्तरसमेत भएको बताएका छन । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका उपाध्यक्ष कुमार पाण्डेले नेपाली सेनाको विष्फोटन पदार्थ खरीद गर्न झन्झटिलो प्रक्रिया रहेको हुँदा सहजीकरण गर्न माग गरेका छन ।a

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार