असोज १२, २०८३ सोमबार September 28, 2026

पीडीएफलाई वर्ड फाइलमा कसरी कन्भर्ट गर्ने ? टिप्स सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः अहिलेको समयमा अफिस वा अन्य डकुमेन्ट पीडीएफ फर्म्याटमा पठाउने चलन छ । यो फर्म्याटमा फाइलहरु निकै कम्प्रेस्ड रुपमा राखिएको हुन्छ ।

जसले गर्दा फाइल हलुका हुन्छ र सजिलै जता पनि सार्न सकिन्छ । धेरै जसो समय हामीले पीडीएफ फाइलकै प्रयोग गरिरहेका हुन्छौं । तर पीडीएफ त्यतिखेर झन्झटिलो बनिदिन्छ, जब तपाईं एडिट गर्न खोज्नुहुन्छ ।

पीडीएफ फाइलमा कुनै सम्पादन गर्न चाहनुहुन्छ भने त्यसलाई वर्डमा कन्भर्ट गर्नुको विकल्प छैन । यस्तोमा धेरैजसो व्यक्तिहरुलाई पीडीएफलाई वर्डमा कन्भर्ड गरेर एडिट गर्ने तरिका थाहा हुँदैन ।

आज हामी यसको बारेमा सजिलो टिप्स बताउँदै छौं । जसको सहयोगमा तपाईं सहजै पीडीएफ फाइललाई वर्डमा रुपान्तरण गर्न सक्नुहुनेछ ।

यसो गर्नुहोस्

सबैभन्दा पहिला यहाँ क्लिक गर्नुहोस् । अब वेब पेजमा गएर पीडीएफ टु वर्डको अप्सनमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले फाइल छनौट गर्ने अप्सन देख्न सक्नुहुनेछ ।

त्यसमा क्लिक गरेपछि एउटा डायलग बक्स खुल्नेछ । अब तपाईंले वर्डमा कन्भर्ट गर्न चाहेको पीडीएफ फाइललाई सेलेक्ट गर्नुहोस् । फाइल अपलोड भइसकेपछि कन्भर्ट बटनमा दबाउनुहोस् ।

फाइल कन्भर्ट भएपछि तपाईंले डाउनलोड बटनमा क्लिक गर्नुपर्ने हुन्छ । यो वेबसाइटको सहयोगमा यसरी तपाईंले पीडीएफबाट सहजै वर्डमा कन्भर्ट गर्न सक्नुहुन्छ ।

अफलाइनमा कसरी गर्ने ?

अनलाइनमात्र होइन पीडीएफलाई वर्डमा कन्भर्ट गर्ने अफलाइनको विकल्प पनि छ । त्यसका लागि तपाईंले वण्डर शेयर पीडीएफ एलिमेन्ट सफ्टवेयर डाउनलोड गरेर इन्स्टल गर्नुहोस् ।

सफ्टवेयर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र फ्रि डाउनलोडमा दबाउनुहोस् ।

सफ्टवेयर इन्स्टल भएपछि त्यसलाई खोल्नुहोस् र आफूले वर्डमा कन्भर्ट गर्न चाहेको पीडीएफ फाइललाई सेलेक्ट गर्नुहोस् । यसरी यो सफ्टवेयरले तपाईंको पीडीएफ फाइललाई अफलाइनमै वर्ड फाइलमा कन्भर्ट गरिदिन्छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार