असार ५, २०८३ शुक्रबार June 19, 2026

आठ मन्त्री र दुई राज्यमन्त्री दिने समझदारी भइसकेको छ । : लक्ष्मणलाल कर्ण (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

निष्कासनको घटनाले पार्टी विभाजन भएकै हो ?

अब एक ठाउँमा बस्न नसक्ने र आ–आफ्नो बाटो लाग्ने अवस्था बनेको हो ।

तपाईंहरूसँग पार्टी र संघीय संसद्का रूपमा रहेको राष्ट्रिय सभामा ४० प्रतिशत पनि छैन । कसरी पार्टी विभाजन गर्नुहुन्छ ?

हामीले किन विभाजन गर्ने ? उहाँहरू (यादव पक्ष) नै जानुहुन्छ ।
यादव पक्षसँग त केन्द्रीय कार्यकारिणी समितिमा बहुमत छ भने कसरी उहाँहरू जाने कुरा हुन्छ त ?

उहाँहरू कहिले २७ जना त कहिले ३१ जनाको कुरा गर्नुहुन्छ । उहाँहरूसँग बहुमत छैन ।

अब तपाईंहरूले पुरानै पार्टी राजपा ब्युँताउने हो ?

अहिले त्यतातिर हामी गएका छैनौं । निर्वाचन आयोगमा विवाद जाला । उसले के गर्छ, हेर्नुपर्छ । हुन त नेकपाको विवादकै बेला निर्वाचन आयोगले के गर्‍यो भन्ने देखिइसकेको छ । जसपा एक नरहने स्थिति उपेन्द्रजीले सिर्जना गर्नुभयो । त्यसैले पार्टी विभाजन उहाँहरूले गर्नुहुन्छ, हामी गर्दैनौं ।

पार्टीमा लफडा हुँदाहुँदै ओली नेतृत्वको सरकारमा जाने टुंगो लागिसकेको हो ?

हो, दुई–चार दिनमा हामी सरकारमा जान्छौं । अहिले ८ मन्त्री र दुई राज्यमन्त्री दिने समझदारी प्रधानमन्त्रीसँग भइसकेको छ । मन्त्रालयमा कुन दिने कुन राख्ने भन्ने प्रधानमन्त्रीको अधिकारको कुरा हो । त्यसमा टुंगो लाग्नासाथ सरकारमा जान्छौं । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार