मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

फ्रान्सद्वारा पठाइएका स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः कोभिड–१९ महामारीविरुद्धको नेपालको लडाइँमा ऐक्यबद्धता जनाउँदै फ्रान्स सरकारले नेपाललाई चिकित्सा उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

नेपालका लागि फ्रान्सका राजदूत फ्रन्स्वाँ जाविये लेजेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधवार आयोजित एक सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

फ्रान्सेली राजदूतले मन्त्री त्रिपाठीलाई पाँच लाख चार हजार थान एफएफपिटू मास्क, २० हजार २२५ थान एन्टिजेनिक टेष्ट किट, १२ हजार थान सुरक्षा चस्मा र १४ ओटा भेन्टिलेटर हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

महामारीविरुद्ध सघाउन नेपाल सरकारले गरेको अनुरोधअनुसार फ्रान्सले ती सामग्री उपलब्ध गराएको हो । समयमै चिकित्सा उपकरण एवम् स्वास्थ्य सामग्री प्रदान गरेकामा सरकारले फ्रान्सेली जनता र सरकारप्रति कृतज्ञता ज्ञापन गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया