असार २४, २०८२ मंगलबार July 8, 2025

कोरोना कहरः कोपा अमेरिका फूटबल प्रतियोगिता ब्राजिलमा आयोजना हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोपा अमेरिका फूटबल प्रतियोगिता ब्राजिलमा आयोजना हुने तय भएको छ ।

दक्षिण अमेरिकी फुटबल कन्फेडेरेशन (कोन्मेबोल) ले प्रतियोगिता ब्राजिलमा हुने जनाएको छ । अर्जेन्टिनामा कोरोना भाइरसको हालको अवस्थाका कारण जिम्मेवारी खोसिएको आयोजकको भनाइ छ ।

अर्जेन्टिनामा अहिले कोरोना संक्रमणका कारण खेलकूद गतिविधि बन्द छन् भने संक्रमण पनि बढिरहेको देखिएको छ । ब्राजिल प्रतियोगिताको साविक विजेता समेत हो । प्रतियोगिता यही जुन १३ देखि जुलाई १० तारिखसम्म हुने तालिका छ ।

यसअघि अर्जेन्टिना र कोलम्बियामा प्रतियोगिता हुने तय भएको थियो । तर कोलम्बियामा सरकारविरोधी आन्दोलन चर्किएपछि अर्जेन्टिनाले एक्लै प्रतियोगिताको आयोजना गर्ने बताएको थियो ।

ब्राजिलमा हुने प्रतियोगिताका लागि खेल हुने रंगशालाको टुंगो चाँडै लाग्ने आयोजकको भनाइ छ । सन् २ हजार २० मै आयोजना हुनुपर्ने कोपा प्रतियोगिता कोरोना महामारीकै कारण एक वर्ष पछि सरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया