मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

उपत्यकामा भोलीदेखी निषेधाज्ञा खुकुलोः यस्तो छ प्रशासनको चारपाने निर्णय (पूर्णपाठ)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः काठमाण्डौं उपत्यकामा गत बैशाख १६ देखि जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै जेठ महिनाभर लम्ब्याइएको छ । जेठ दोस्रोसातादेखि एक हप्ता खाद्यान्नका पसल सञ्चालनमा रोक लगाइएको भए पनि भोली बिहिबारबाट सञ्चालन गर्न दिने निर्णय गरिएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । बैठकले निषेधाज्ञा लम्ब्याउँदै खाद्यान्नका पसलहरु बिहान ९ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेका हुन् ।

ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (२ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।

त्यस्तै अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान र बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह हाललाई स्थगन गर्ने निर्णय पनि भएको छ ।

यस्तो छ जिलला प्रशासनको निर्णयको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया