काठमाण्डौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले एकदिवसिय र टि-२० विश्वकपमा टोली संख्या बढाउने भएको छ । आइसिसीले एकदिवसिय विश्वकपमा १४ र टि-२० विश्वकप संख्या २० पुर्याउने भएको छ ।
आइसिसीले मंगलबार सन् २०२३ देखि २०३१ सम्म आफ्नो कार्यक्रम सार्वजनिक गर्दै सन् २०२७ को संस्करण देखि एकदिवसिय विश्वकपमा १४ टोली हुने छन् ।
सन् २०२७ र २०३१ को संस्करणमा ओडिआईमा १४–१४ देश हुने छन् । यसअघि १०–१० टोलीले प्रतिस्पर्धा गर्दै आएका थिए ।
यस्तै सन् २०२४ को संस्करण देखि टि-२० विश्वकपमा २० प्रतिस्पर्धा गर्ने छन् । यसले नेपाललाई टि-२० विश्वकप खेल्न अझ सहज बनाउने छ । यसअघि टि२० विश्वकपमा १६ देशले प्रतिस्पर्धा गर्दै आएका थिए ।
सन् २०२४ को विश्वकपपछि हरेक दुई वर्षमा टी-ट्वान्टी विश्वकप आयोजना गर्ने निर्णय समेत आईसीसीले जनाएको छ ।
त्यस्तै २०२५ र २०२९ मा ८ टिम सहभागी च्याम्पियन्स ट्रफी आयोजना गरिनेछ । आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल २०२५, २०२७ , २०२९ र २०३१ मा आयोजना गरिने समेत आईसीसीले जनाएको छ ।
नेपाल हाल २०२२ को टि-२० विश्वकप ग्लोबल छनोट खेल्ने तयारीमा छ । उक्त विश्वकपमा १६ टोली हुँदा समूह ‘ए’ मा रहेको नेपाललाई विश्वकपमा स्थान बनाउन शीर्ष दुईमा पर्नुपर्ने हुन्छ ।
एकदिवसिय विश्वकप छनोट नेपालले आइसिसी विश्वकप लिग–२ खेलेको छ । विश्वकप लिग २ मा ७ टोलीबीच २०२३ सम्म प्रतिस्पर्धा हुँदा शीर्ष तीनमा पर्न सके ग्लोबल क्वालिफायरमा सिधैं मौका पाउने छ ।
शीर्ष तीनमा पर्न नसके नेपालले ‘क्वालिफायर प्ले अफ’ खेल्दै शीर्ष दुईमा रहे ग्लोबलमा स्थान बनाउने अर्को अवसर पाउने छ । २०१९ देखि सुरु भएको यस सुपर लिग २ मा नेपालले ४ खेल मात्र खेलेको छ । जसमा २ जित र २ हारको नतिजा रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया