जेठ २३, २०८३ शनिबार June 6, 2026

प्रधानमन्त्री ओली खतरामुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चिकित्सकहरुले प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । त्यसको तीन दिनपछि शुक्रबार उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र उनी खतरामुक्त रहेको निजी चिकित्सक डा. दिब्या सिंह शाहले जानकारी दिएकी छन । उनले भनिन्, ‘अहिलेको अवस्थामा खतरामुक्त हुनुहुन्छ । भोलि वा पर्सि वा भविश्यको कुरा समयले बताउँछ ।’

प्रधानमन्त्री ओलीको करिब १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि डायलासिस गर्न थालिएको थियो ।

डा. सिंहका अनुसार एपेन्डिसाइटिसको अप्रेसनका क्रममा पनि दुई पटक डायलासिस गरिएको छ । उनको स्वास्थ्यलाई स्थिर अवस्थामा राख्न यसो गरिएको भन्दै उनले भनिन्, ‘अब स्टेबल भइसकेको छ । चाहिएको बेला मात्र गर्छौं ।’

उनकाअनुसार प्रधानमन्त्री ओलीको पुनः मिर्गौला प्रत्यारोपणका लागि पनि तयारी भइरहेको छ । यसबारे अन्तिम निर्णय लिनुपूर्व छलफल भइरहेका बेला एपेन्डिसाइटिसको अपरेशन गर्नु परेको भन्दै उनले भनिन्, ‘नियमित डायलासिस गर्नुपर्ने भयो भने तुरुन्तै गरौंला । नभए अलि समय पछाडि होला ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार
आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु
२०८३ जेठ २३, शनिबार