श्रावण १२, २०८१ शनिबार July 27, 2024

‘टु प्लस वान’ उपयुक्त लागेन :प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाल, भारत र चीनको साझेदारीमा प्रयोग भएको ‘टु प्लस वान’ उपयुक्त नभएको बताएका छन् । नेपाललाई ट्रान्जिट प्वाइन्टका रुपमा मात्र नभइ साझेदारका रुपमा राख्नुपर्नेमा उनले जोड दिएका छन् ।

नेपाल-चाइना मिडिया फोरमले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले चीन र भारतसँग त्रिदेशीय रणनीतिक साझेदारी चाहेको भन्दै हालै सी चिनपिङ र मोदीबीच भएको ‘टु प्ल्स वान’ अवधारणा उपयुक्त नहुने बताएका हुन् । त्रिदेशीय साझेदारीको सम्भावनाबारे चीन र भारतसँग सकारात्मक छलफल हुन थालेको पनि उनले बताएका छन ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउने क्रममा भारतकै बाटो भएर किन आए भन्ने हेक्का राख्नुपर्ने उनले बताएका छन । ‘किन जानुभयो भन्ने हाम्रो कुनै गुनासो छैन,’ उनले भने, ‘यसले त्रिदेशीय साझेदारीको हाम्रो सोच र रणनीतिक महत्वलाई स्थाापित गरेको छ भन्ने लाग्छ ।’

तर चिनियाँ राष्ट्रपति सी र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भेट्दा प्रयोग भएको ‘टु प्लस वान’ उपयुक्त नलागेको बताएका छन । ‘टु भनेको विशेष अधिकार प्राप्त र वान भनेको जोडिएको समान्य भने जस्तो अर्थ हुन्छ,’ उनले अघि भने, ‘टु प्लस वान होइन, थ्री हुँदा मात्र तीन सार्वभौम देशको समान हैसियत हुन्छ ।’

अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्री भएकै बेला त्रिदेशीय साझेदारीको प्रस्ताव गरेको बताएका छन । प्रचण्डले दुई प्लस एक भन्दा नेपाललाई असहज हुने बताएका छन । प्रचण्डले लिपुलेकबारे भारत र चीनले गरेको समझदारीप्रति आफूले त्यतिबेलै औपचारिक असहमती जनाएको समेत जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार