कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

केराको फूल (बुङ्गो) खानुका अपत्यारिला फाईदाहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः केरा खान सबैलाई मन पर्ने फलफुल हो । स्वादिष्ट केराको सेवनले मानव स्वास्थ्यमा एकदमै फाईदा पनि गर्छ । केरामा विभिन्न पौष्टिक तत्व पाउनुका साथै भिटामिन मिनरल्स समेत पाईन्छ ।

केराको फाईदाको बारेमा सबै जानकार भएपनि त्यसको फूलको फाईदा भने सबैलाई थाहा नहुन सक्छ । झरेर, कुहिएर जाने केराको फूल समेत मानव स्वास्थ्यको लागि अति नै फाईदाजनक छ । आउनुहोस केराको फूलको उपयोगिता बारे चर्चा गरौँ ।

१. रक्तअल्पताको उपचार स् केराको फूलमा अत्यधिक आईरनको मात्रा पाईन्छ । यसमा पाईने आईरनले रक्त सेल स्वस्थ राख्न एकदमै मद्धत गर्छ । तसर्थ केराको फूलको नियमित सेवनले रक्तअल्पताबाट बच्न त सकिन्छ नै रक्तअल्पताको उपचार समेत हुन सक्छ ।

२. महिनावारी नियमित गराउँछ स् शरिरमा हर्मोनको कारण महिलाहरुमा महिनावारी अनियमित हुने गर्छ । यदि महिनावारी अनियमित छ भने केराको फूल सेवन गर्नुहोस, यसले नियमित महिनावारी त गराउँछ नै, तल्लो पेटको दुखाईमा आराम मिल्नुका साथै अत्यधिक रक्तश्राव समेत रोक्दछ ।

३. डायविटिजको उपचार स् अनुसन्धानबाट पत्ता लागेको छ की केराको फूलको नियमित सेवनले ब्लड सुगरको लेभल कम राख्छ र डायविटिज हुनबाट बचाउँछ ।

४. आमाको लागि लाभदायक स् केराको फूल सेवनले आमाको दुधमा पाईने पोषक तत्व वृद्धि गराउँछ । दुधको मात्रा समेत बढाउँछ ।

५. मुत्र स्वास्थ्यमा सहयोग स् केराको फूलमा आईरन, क्याल्सियम तथा कपर हुन्छ जसले मुत्र संक्रमण हटाउँछ । यहाँसम्म की मुत्र संक्रमणबाट समेत जोगाउँछ ।  यसको नियमित सेवनले पेल्भिक एरियाको मजबुत बनाउनुको साथै प्रजनन क्षमतामा समेत बृद्धि गर्छ ।

६. कब्जियतबाट राहत फाइबर युक्त केराको फूल सेवन गर्नाले कब्जियतको समस्या हटाउँछ ।

७. सुन्निने र जलनको उपचार स् एन्टिव्याक्टेरियायुक्त केराको फूल सेवन गर्नाले शरिर सुन्निने र जलनको समस्या पनि हटाउँछ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारको विज्ञप्तिप्रति डा. केसीको आपत्ति, माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने
२०८३ कार्तिक १७, मंगलबार
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट दुई उपसमितिका प्रतिवेदन सर्वसम्मतिले पारित
२०८३ कार्तिक १७, मंगलबार
अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा
२०८३ कार्तिक १७, मंगलबार
श्रम संस्कृति पार्टी गरिब जनताको पक्षमा छ : हर्क साम्पाङ
२०८३ कार्तिक १७, मंगलबार
कोप-३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी
२०८३ कार्तिक १७, मंगलबार
चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने
२०८३ कार्तिक १७, मंगलबार
कात्तिक २५ गते भाइटीका, बिहान ११:०७ बजे उत्तम साइत
२०८३ कार्तिक १७, मंगलबार