बैसाख २६, २०८३ शनिबार May 9, 2026

२ सय ३३ रुपैयाँमै डिशहोमको २५ एमबीपीएस इन्टरनेट !

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः स्याटेलाइट टेलिभिजन सेवा दिँदै आएको डिशहोमले २३३ रुपैयाँमै २५ एमबीपीएस गतिको इन्टरनेट सेवा समेत दिन थालेको छ । कम्पनीले कम्बो प्याकेजको रुपमा यस्तो सेवा दिन थालेको हो ।

इन्टरनेट सेवाप्रदायकले इन्टरनेटसँगै आईपीटिभी सेवा निःशुल्क गरेपछि त्यसको प्रतिवादमा उत्रिन डिशहोमले यस किसिमको रणनीति लिएको हो । कम्बो अफरअन्तर्गत डिशहोमको लाइफ स्टाइल प्रिमियम प्याकेज लिने ग्राहकले निःशुल्क रुपमा १० एमबीपीएस र मासिक २३३ रुपैयाँमा २५ एमबीपीएस गतिको एफटीटीएच सेवा प्राप्त गर्न सक्नेछन् ।

जसअनुसार वार्षिक ७२०० रुपैयाँ (मासिक ५०० रुपैयाँ) मा डिशहोम लाइफ स्टाइल प्याकेजसँगै १० एमबीपीएस इन्टरनेट प्राप्त गर्न सकिन्छ । त्यस्तै वार्षिक १० हजार रुपैयाँमा (मासिक ८३३ रुपैयाँ) डिशहोमको लाइफ स्टाइल प्याकेजसँगै २५ एमबीपीएस इन्टरनेट लिन सकिने कम्पनीका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए ।

कम्पनीले आफ्नो प्रिमियम प्याकेजको मूल्यसमेत मासिक ७०० रुपैयाँबाट ६०० रुपैयाँमा झारेको छ । यी प्याकेजहरु भ्याटबाहेक रहेको कम्पनीले स्पष्ट पारेको छ ।

कम्पनीको इन्टरनेट सेवा हाल काठमाडौंका प्रायः सबै मुख्य भागहरुमा, ललितपुर, भक्तपुर, बनेपा, इटहरी, हेटौंडा र इनरुवामा उपलब्ध छ । अब चाँडै नै विराटनगरमा समेत इन्टरनेट सेवा सुरु हुने भन्दै प्रबन्ध निर्देशक आचार्यले क्रमशः देशभर सेवा विस्तार गर्ने लक्ष्य रहेको बताए । –टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार