मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

नागरिकता अध्यादेशविरुद्धको रिट सुनुवाइका लागि वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नागरिकता सम्बन्धी अध्यादेशविरुद्धको रिट सुनुवाइका लागि वरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा गठित इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई कोरोना संक्रमण भएपछि उनीभन्दा पछिल्लो वरीयताका न्यायाधीश खतिवडालाई संवैधानिक इजलासमा राखिएको हो ।

नागरिकता विधेयक संसदमा पारित हुने अन्तिम चरणमा रहेका बेला सरकारले राजनीतिक लाभका लागि अध्यादेश जारी गरेर राष्ट्रहित र संविधानविरुद्ध काम गरेको भन्दै परेको नागरिकता अध्यादेशविरुद्धको रिटमा अहिले संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया