भाद्र २, २०८३ मंगलबार August 18, 2026

चालु आर्थिक वर्षको चार महिनाः २३ प्रतिशतले बढ्यो निर्यात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चालु आर्थिक वर्षको चौथो महिनामा पनि आयात घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार पहिलो चौमासिकमा गत आर्थिक वर्ष २०७५/७६ को भन्दा ६.९२ प्रतिशतले आयात घटेको हो।

अघिल्लो आवको पहिलो चार महिनामा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। चालु आवको कात्तिकसम्म यो घटेर ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ।

चार महिनाको अवधिमा निर्यातको वृद्धिदर उत्साहप्रद देखिएको छ। गत आवको पहिलो चार महिनामा नेपालले २९ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेकोमा चालु वर्ष २३.९० प्रतिशतले बढेको छ। यो वर्ष निर्यात ३६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।

तथ्यांकअनुसार चार महिनामा कूल ४ खर्ब ८६ अर्ब ५७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। अघिल्लो आवको यसै अवधिमा ५ खर्ब १३ अर्ब रुपैयाँको कूल वैदेशिक व्यापार भएको थियो। यस वर्ष ५।१६ प्रतिशतले वैदेशिक व्यापार घटेको तथ्यांकले देखाएको छ।

प्रमुख निर्यात भएका वस्तुमा प्रशोधित पाम तेल ८ अर्ब ३६ करोड, सेन्थेटिक यार्न २ अर्ब ७९ करोड, उनी गलैंचा कार्पेट २ अर्ब ६२ करोड , तयारी कपडा २ अर्ब १६ करोड, भटमासको तेल प्रशोधित २ अर्ब २ करोड, अलैची १ अर्ब ५४ करोड रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार