असोज १६, २०८० मंगलबार October 3, 2023

चालु आर्थिक वर्षको चार महिनाः २३ प्रतिशतले बढ्यो निर्यात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चालु आर्थिक वर्षको चौथो महिनामा पनि आयात घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार पहिलो चौमासिकमा गत आर्थिक वर्ष २०७५/७६ को भन्दा ६.९२ प्रतिशतले आयात घटेको हो।

अघिल्लो आवको पहिलो चार महिनामा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो। चालु आवको कात्तिकसम्म यो घटेर ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ।

चार महिनाको अवधिमा निर्यातको वृद्धिदर उत्साहप्रद देखिएको छ। गत आवको पहिलो चार महिनामा नेपालले २९ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेकोमा चालु वर्ष २३.९० प्रतिशतले बढेको छ। यो वर्ष निर्यात ३६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।

तथ्यांकअनुसार चार महिनामा कूल ४ खर्ब ८६ अर्ब ५७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ। अघिल्लो आवको यसै अवधिमा ५ खर्ब १३ अर्ब रुपैयाँको कूल वैदेशिक व्यापार भएको थियो। यस वर्ष ५।१६ प्रतिशतले वैदेशिक व्यापार घटेको तथ्यांकले देखाएको छ।

प्रमुख निर्यात भएका वस्तुमा प्रशोधित पाम तेल ८ अर्ब ३६ करोड, सेन्थेटिक यार्न २ अर्ब ७९ करोड, उनी गलैंचा कार्पेट २ अर्ब ६२ करोड , तयारी कपडा २ अर्ब १६ करोड, भटमासको तेल प्रशोधित २ अर्ब २ करोड, अलैची १ अर्ब ५४ करोड रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पिके डायगोनिस्टिकका संचालकमाथि आक्रमण गर्ने अभियुक्त सार्वजनिक
२०८० असोज १७, बुधबार
धनगढीमा मंसिर २५ देखि जुनियर कप क्रिकेट हुने
२०८० असोज १६, मंगलबार
२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी
२०८० असोज १६, मंगलबार
दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा
२०८० असोज १६, मंगलबार
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी
२०८० असोज १६, मंगलबार
सुन तस्करी प्रकरणमा सीआईबीले लियो कृष्ण बहादुर महराको बयान
२०८० असोज १६, मंगलबार
धार्मिक हिंसा भड्काउन विवादास्पद अभिव्यक्ति दिने धर्मगुरु आचार्य पक्राउ
२०८० असोज १६, मंगलबार