काठमाण्डौंः राष्ट्रिय जनमोर्चाबाट निष्कासित भएका गण्डकी प्रदेश सांसद कृष्ण थापाको मुद्दाको सुनुवाइ न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको छ।
पार्टीले निष्कासन गरेपछि थापाले शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । न्यायाधीश चुडालको इजलासमा आज भिडियो कन्फरेन्समार्फत् उक्त मुद्दाको आज सुनुवाइ हुन लागेको हो।
पार्टीको निर्णय नमानेको भन्दै केही दिनअघि राजमोले उनलाई सांसदबाट निष्कासन गरेको थियो। त्यसपछि उनले सर्वोच्च अदालतमा पुनर्वहाली गराइपाउँ भन्दै मुद्दा दायर गरेका हुन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया