काठमाडौंः हाँस्यश्रृखला ‘इकुपिताङ’ मार्फत ‘ईकु’लाई सानोपर्दामा दर्शकले फेरी देख्न पाउने भएका छन् । ‘इकु’को भुमिका निर्वाह गरेर चर्चित भएका कलाकार सुलेमान शंकर ‘इकु’ले श्रृखला ‘इकुपिताङ’ बनाएका हुन् ।
श्रृखलाको कथा, निर्देशक समेत सुलेमानकै रहेको छ । ‘इकु’को भुमिकामा पनि उनी आफै देखिनेछन् ।
श्रृखलामा सुलेमानको अलवा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनिष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बालकलाकार कुसल लोहनी, दीपक थापामगर, सुमन मगर लगायतको अभिनय रहेको छ ।
योगेश उपाध्यायको संगीत र बिनय कार्कीको गीत श्रृखलामा समेटिएको छ । हुन त केही अगाडि निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलले आफ्नो श्रृखला ‘हल्का रमाइलो’को केही भागमा ‘इकु’लाई प्रस्तुत गरेका थिए ।
श्रृंखलामा केही भेराइटी दिन ‘इकु’ पात्र समेटिएको बताइएको ‘हल्ला रमाइलो’मा अहिले भने ‘इकु’को कथा सकिएको छ ।
ग्ल्योबल टिभी एचडि र एसएमएस फिल्मको निर्माण रहेको ‘इकुपिताङ’ ग्ल्योबल टिभी एचडिबाट आसारको दोस्रोसाताबाट प्रसारण हुनेछ । राजु पौडेल र मदन महर्जनको छायाँकन र रविन बजगाईको सम्पादन रहेको श्रृखला असार दोस्रो साताबाट प्रसारणमा आउँने छ ।
श्रृखलाको प्रोमो अहिले सार्वजनिक गरिएको छ । जुन हेर्न निकै आर्कषक छ ।
भिडियोमा हेर्नुहोसः
https://youtu.be/H20r5ZJJaTs
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया