असोज १२, २०८३ सोमबार September 28, 2026

वान एक्सबेटको विज्ञापनमाथि रोक, प्रमोसनल भिडियो समेत हटाउन निर्देशन (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सरकारले विभिन्न डिजिटल प्लेटफर्ममार्फत जुवामा लगानी गर्न सकिने वान एक्स बेटको विज्ञापनमाथि रोक लगाएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको विज्ञापन बोर्डले त्यस्तो विज्ञापन गैरकानूनी रहेको भन्दै त्यसमाथि रोक लगाएको हो ।

बोर्डका अनुसार यस्ता कार्यहरु विज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ५ को उपदफा १ को खण्ड ख को व्यवस्था विपरितको कार्य हुन् ।’यस किसिमका गतिविधिहरु बन्द गर्न, त्यस्ता विज्ञापन तथा प्रमोसनल भिडियोहरु डिजिटल प्लेटफर्मबाट हटाउन सूचित गरिन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा कानून बमोजिम कारबाही हुने व्यहोरा सबैको जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’

केही युट्युबरले आफ्नो भिडियोमा वान एक्स बेटको प्रमोसन गर्दै आएका छन् । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार