असार २४, २०८२ मंगलबार July 8, 2025

नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिज स्पेनमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिज स्पेनमा हुने भएको छ।

यसअघि स्कटल्यान्डमा हुने तय भएको सिरिज कोरोना भाइरसका कारणका त्यहाँ लगाइएको यात्रा प्रतिबन्धका कारण स्पेनमा गर्न लागिएको नेपाल क्रिकेट संघ (क्यान) का एक केन्द्रीय सदस्यले जानकारी दिए।

उनका अनुसार स्पेनमा सिरिज गराउने विषयमा शुक्रबार बसेको क्यानको बोर्ड बैठकमा छलफल भएको थियो। स्पेनमा सिरिज हुने लगभग पक्का भएको बोर्ड बैठकमा जानकारी दिइएको थियो। अब खेलाडी छनोट र प्रशिक्षणको विषयमा निर्णय हुन्छ भनिएको छ,’ उनले भने।

स्पेनमा सिरिज गराउने विषयमा त्यहाँको स्थानीय सरकारले अनुमति दिन बाँकी रहेको पनि बताइएको छ। यसअघि स्कटल्यान्डले नेपाललाई रेड जोनमा राखेपछि त्यहाँ पुग्न खेलाडीहरुलाई समस्या हुने भएपछि लिग स्पेनमा गराउने विषयमा छलफल भएको थियो।

सिरिज आगामी जुलाई तेस्रो सातादेखि गर्ने प्रस्ताव गरिएको छ। लिगअघि खेलाडीले बस्नु पर्ने क्वारेन्टिन, राष्ट्रिय टिमको प्रशिक्षण र तयारीको टुंगो लागेपछि लिगको मिति घोषणा गरिनेछ।

सिरिज दक्षिण स्पेनको डेजर्ट स्प्रिङ्ग्स मैदानमा हुनेछ। यो मैदानले केहीअघि मात्र एकदिवसीय मैदानको मान्यता पाएको थियो। कोरोना भाइरसका कारण लिग-२ का अधिकांस खेल प्रभावित भएका छन्। स्थिति सहज भएको अवस्थामा यो सिरिज गत वर्ष नै स्कटल्यान्डमा हुने तय थियो।

प्रत्येक टिमले ९ सिरिज खेल्नु पर्ने लिग-२ मा नेपालले अहिलेसम्म एक सिरिज मात्र खेलेको छ। २०७६ फागुनमा नेपालमा भएको सिरिजमा नेपाल, अमेरिका र ओमानले प्रतिस्पर्धा गरेका थिए।

सिरिजमा नेपालले दुई खेलमा जित हात पारेको थियो। नेपालले अमेरिकालाई दुवै खेलमा हराउँदा ओमानविरुद्धको दुवै खेल गुमाएको थियो। लिग-२ मा नेपाल, ओमान, अमेरिका, नामिबिया, स्कटल्यान्ड, पपुवा न्युगिनी र युएई गरी ७ टिमबीच प्रतिस्पर्धा भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार