काठमाडौंः विपक्षी गठबन्धन काँग्रेस माओबादी लगायतका पाँच दल सम्वद्ध पत्रकारहरुको संगठनले प्रेस काउन्सिलमा सरकारले हालै अध्यक्ष नियुक्त गरेकोप्रति आफूहरूको ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, माधवकुमार नेपाल पक्षको प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल र प्रगतिशील पत्रकार संघले संयुक्त विज्ञप्ति निकालेर कामचलाउ सरकारले दीर्घकालीन महत्व राख्ने खालका नियुक्ति गर्न नपाउने बताएका छन् ।
जारी विज्ञप्तीमा काउन्सिलका अध्यक्ष भवानी बरालको सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको भन्दै विज्ञप्तिमा नेपाल पत्रकार महासंघको सुझाव र परामर्शमामात्र प्रेस काउन्सिलका पदाधिकारी नियुक्त गरिनुपर्ने ऐनको व्यवस्थालाई वर्तमान सरकारले पूर्णरुपमा उल्लंघन जिकिर गरिएको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बालकृष्ण बस्नेतलाई ४ वर्षका लागि काउन्सिलको अध्यक्ष नियुक्त गरेको थियो । उनले हिजोबाट कार्यभार सम्हालिसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया