मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगियोः कांग्रेसका १२ जना सांसद मतदानमा अनुपस्थित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री पदमा निरन्तरताका लागि मंगलबार प्रदेशसभामा भएको मदतानमा उनले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् । यो सँगै उनको पद जोगिएको छ।

मंगलबार विश्वासको मतको लागी भएको मतदानमा मुख्यमन्त्री भट्टको पक्षमा ३० मत खसेको थियो । त्यसैगरी विपक्षमा मत दिनेमा जसपाका २ र एमाले ओली समुहका ७ जना सांसद रहेका छन् ।  भट्टको पक्षमा नेकपा माओवादी केन्द्र र एमाले माधव समूहको जम्मै भोट खसेको थियो ।

कांग्रेसले भने ‘नो भोट’को नीति लिने तर मुख्यमन्त्रीलाई विश्वासको मत कम हुने भएमा पक्षमा मतदान गर्ने निर्णय गरेका थियो । यस्तै जनता समाजवादी पार्टी (जसपा)ले मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।

बैठकमा ५१ जना सांसद उपस्थित भएका थिए । उनीहरूमध्ये कांग्रेसका १२ जना सांसद भने मतदानमा सहभागी नभएको सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया