काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव कुमार नेपाल पक्षले राखेको शर्त स्वीकार गरेर एकता नहुने दाबी गरेका छन् ।
आइतबार प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेको ६ बुँदे प्रस्तावबारे फर्काएको जबाफ पत्र सामाजिक सञ्जालमा सेयर गर्दै थापाले नेता नेपालको शर्त स्वीकार गरेर पार्टी एकता नहुने बताएका हुन् ।
थापाले यी शर्तमा नेपाल गुटसँग नभइ नेपाली कांग्रेससँग बरु एकता हुन सक्ने टिप्पणी गरेका छन् । उनले भनेका छन्, “अब जेठ २ को रटानको अध्याय सकिएको छ। माधव कुमार नेपालका शर्त स्वीकारेर त एकता हुँदैन ।
यी शर्तमा नेपाल गुटसँग होइन, देउवाको कांग्रेससँग बरू एकता होला । तेल निकाल्न बालुवा होइन तोरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयो । अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं, असम्भव कोशिस छोडौं ।”
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया