कार्तिक १७, २०८३ मंगलबार November 3, 2026

यौनसम्पर्क राख्नेवित्तिकै निदाउने पुरुष साँच्चै स्वार्थी हुन्छन् त ? यस्तो छ कारण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः यौनसम्पर्क भएपछि प्राय पुरुषहरु निदाउने गर्छन् । तर महिलाहरु यौनसम्पर्कपछि पनि आफ्नो पार्टनरसँग थप कुराकानी गर्न चाहन्छन् । यौनसम्बन्ध राख्नेवित्तिकै महिलालाई अंगालो नहाली वा कुराकानी नगरी निदाउने पुरुषप्रति महिलाहरुको धारणा फरक हुने गर्छ । जस्तो कि स्वार्थी, माया नगर्ने, असन्तोषी जस्ता आरोपहरु लगाउने गर्छन् ।

मार्क लेनर र बिली गोल्डबर्गले आफ्नो किताव ‘यौन सम्पर्कपछि पुरुष किन निदाउँछन् ?’ मा यसको कारण उल्लेख गरेकी हुन् । तर, के वास्तवमै यौनसम्पर्क राख्नेवित्तिकै निदाउने पुरुष साँच्चै स्वार्थी हुन्छन् त ? किन पुरुषलाई यौनसम्पर्क राख्ने वित्तिकै निन्द्रा लाग्छ ?

सामान्यतयाः रातको समयमा यौनसम्पर्क राख्ने गरिन्छ । रातको समयमा प्रायः मानिसहरु थाकेका हुन्छन् । यौनसम्पर्क राख्नेवित्तिकै निन्द्रा लाग्नुको पहिलो कारण यहि नै हो । तर, यौनसम्बन्ध प्राकृतिक प्रक्रिया हो । यौनसम्बन्धको बारेमा महिला र पुरुषको शरीरमा भिन्न प्रकारको प्रतिक्रिया उत्पन्न हुन्छ । महिला अग्रानिज्म अझै उत्तेजित हुन्छ र महिलाहरु यौनसम्बन्धपछि झन् बढी पुरुषको मायामा पर्छन् ।

पुरुष अग्रानिज्म भने यौनसम्बन्धपछि इज्याकुलेट हुन्छ र हर्मोन उत्पादन हुन्छ । जसले शरीरमा आलस्यता पैदा गर्छ साथै यौनसम्पर्कको दौरान शरीर निकै थाक्ने भएकाले पुरुषहरु छिट्टै निदाउने विभिन्न अनुसन्धानमा उल्लेख छ ।

यौन सम्पर्कपछि पुरुषलाई निन्द्रा लाग्नु बायोलोजिकल वा जैविक कारण रहेको हुन्छ । पहिलो कारण भनेको प्रोलेक्टिन नामक पदार्थ हो । यो पदार्थ चरमोत्कर्ष (अर्गाजम) लगत्तै शरीरमा उत्पन्न हुने गर्छ । शरीरमा यसको मात्रा बढेपछि आनन्द र थकान महसुस हुने गर्छ । महिलाभन्दा पुरुष पहिला चरमोत्कर्षमा पुग्ने भएका कारण उनीहरू छिटो निदाउने गर्छन् ।

त्यस्तै यौन सम्पर्कका क्रममा ऊर्जा खपत हुने गर्छ । यसले गर्दा मांसपेशीमा इनर्जी उत्पादन गर्ने तत्व ग्लाइकोजनमा कमि आउँछ । र पुरुष निदाउँछन् ।यसबाहेक चरमोत्कर्षपछि अक्सिटोसिन, गेमा अमिनो व्युटिरिक एसिड र एन्डोर्फिनको प्रभावले हल्कापन महसुस हुने गर्छ र निन्द्रा लाग्छ ।

यौन सम्पर्कपछि महिला ननिदाउँनुको कारण पुरुषको चरमोत्कर्ष शरीर बाहिर हुने भएकाले ऊर्जाको हानि बढी हुन्छ । तर यसको ठीक विपरीत, महिलाको चरमोत्कर्ष भने शरीरभित्र हुने गर्छ । यस क्रममा महिलाको शरीरभित्र नै ऊर्जा विसर्जन हुने भएकाले ऊर्जाको हानि त्यति हुँदैन । फलस्वरुपः चरमोत्कर्षपछि महिला रोमांचित हुन्छन् र गफ गर्न मन पराउने गर्छन् । -एजेन्सी सहयोग

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारको विज्ञप्तिप्रति डा. केसीको आपत्ति, माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने
२०८३ कार्तिक १७, मंगलबार
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट दुई उपसमितिका प्रतिवेदन सर्वसम्मतिले पारित
२०८३ कार्तिक १७, मंगलबार
अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा
२०८३ कार्तिक १७, मंगलबार
श्रम संस्कृति पार्टी गरिब जनताको पक्षमा छ : हर्क साम्पाङ
२०८३ कार्तिक १७, मंगलबार
कोप-३१ मा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउछौँः मन्त्री चौधरी
२०८३ कार्तिक १७, मंगलबार
चीनले वित्तीय क्षेत्रमा एआईको प्रयोगबारे अध्ययन गर्ने
२०८३ कार्तिक १७, मंगलबार
कात्तिक २५ गते भाइटीका, बिहान ११:०७ बजे उत्तम साइत
२०८३ कार्तिक १७, मंगलबार