काठमाडौँ: प्रतिनिधि सभा विघटनलगायत मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यसअघि आफूले गठन गरेको इजलासमै बुधबार सुनुवाइ अघि बढाएका हुन्।
आइतबार हेर्दाहेर्दैमा रहेको यो मुद्धा सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा बिरामी परेपछि आजलाई तोकिएको थियो । आइतबारनै प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराले न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गरेका थिए।
दीपककुमार कार्की र आनन्दमोहन भट्टराईकोबारेमा सरकार पक्षका वकिलले विरोध जनाएपनि त्यसको जवाफ नदिई बुधबारको सुनुवाई अगाडी बढेको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया