असार २४, २०८२ मंगलबार July 8, 2025

ओली रोबिन्सनलाई आईसीसीले निलम्बन गर्नुको भित्री कारण यस्तो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इंग्ल्याण्डका तीव्र गतिका बलर ओली रोबिन्सनलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न रोक लगाएको छ ।

छानबीन पुरा नभएसम्म रोबिन्सनले कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु हुने छैन् । रोबिन्सनले सामाजिक सञ्जाल ट्वीटरमा नश्लभेदी र यौनसँग सम्बन्धित टिप्पणी गरेपछि आईसीसीको कारबाहीमा परेका हुन ।

सन् २०१२ र सन् २०१३ मा रोबिन्सनले ट्वीटरमा गरेको ट्वीटको आईसीसीले छानबीन गर्दैछ । २७ वर्षीय रोबिन्सनले न्युजिल्याण्ड विरुद्धको पहिलो टेष्टबाट इंग्ल्याण्ड टोलिबाट डेब्यु गर्नुभएको थियो । उहाँलाई दोस्रो टेष्टमा स्थान दिइएको छैन् । न्युजिल्याण्ड बिरुद्धको पहिलो टेष्टमा रोबिन्सनले सात विकेट लिनुका साथै ४२ रन बनाउनुभएको छ ।

रोबिन्सन १८ वर्षको छँदा गरेको ट्वीट बुधबार चर्चामा आयो । पछि रोबिन्सनले आफू लज्जित भएको र क्षमा गरिदिन आग्रह गर्नुभएको छ । खेल समाप्त भएपछि इंग्ल्याण्ड क्रिकेट टोलीका कप्तान जोई रुटले भने उक्त ट्वीट स्वीकारोग्य नरहेको प्रतिक्रिया दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार