मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक (पत्रसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै सरोकारवाला र विज्ञहरूसँग छलफलमा रहेका सभामुखले शुक्रबार संसद् भवन बानेश्वरमा बस्ने गरी बैठक बोलाएका हुन् । शुक्रबार दिउसो २ बजे बस्नेगरी बोलाईएको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने पाँचवटै राजनीतिक दल, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूलाई समेत आमन्त्रण गरिएको सभामुखको सचिवालयले जनाएको छ ।

पत्रमा छलफलको विषयवस्तु नखुलाइए पनि सभामुखले प्रतिनिधिसभा विघटनपछिको राजनीतिक अवस्थाबारे दलहरूको धारणा बुझ्न बैठक आह्वान गरेको बताईएको छ ।

शुक्रबारको बैठकका लागि बुधबार नै संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुखहरू, पूर्वप्रधानमन्त्रीहरू र प्रधानमन्त्रीलाई पत्राचार गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया