असोज १२, २०८३ सोमबार September 28, 2026

पाँच मिनेट बत्ति आउने एक घण्टा बत्ति जाने समस्याले लमजुङमा साईवर आन्दोलन

नेपाल विद्युत प्राधिकरण
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं : लमजुङ जिल्लामा विद्युत आउने जाने समस्या तिव्र रुपमा देखिन थालेको छ । विगत केहि वर्षदेखि लमजुङ्ग जिल्लामा धेरै पटक विद्युत जाने र गएपछि लामो समय नआउने समस्या देखिएको हो ।

भौगोलीक अवस्था, नेपाल विद्युत प्राधिकरणको वेवास्ता, लमजुङ विद्युत उपभोक्त्ता समितिको कार्यकुशलताको कमिले गर्दा विद्युतमा समस्या देखिएको स्थानियहरुले बताएका छन ।

लामो समयदेखि लकडाउनको प्रभावले गर्दा विद्यालयमा भौतिक रुपमा उपस्थित भएर पठन-पाठन गर्न सम्भव नभएपछि जिल्लाका अधिकांस विद्यालयहरुले अनलाईन मार्फत कक्षा सञ्चालन गर्दै आएका छन । तर जिल्लामा एकैदिनमा कयौं पटक बत्ती जाने र आउने गर्दा विद्यार्थीहरुलाइ ठुलो असर परेको अभिभावकहरुले बताएका छन ।

जिल्लामा लामो समयदेखि विद्युतमा समस्या रहेकोले विधुत प्राधिकरण र सम्वन्धित निकायहरुलाई पटक-पटक खवर गर्दा पनि समस्याको समाधान नभएकोले अहिले सामाजिक सञ्जाल मार्फत दवाव सिर्जना गरेको लमजुङ्ग उद्योग वाणिज्य सघंका निवर्तमान अध्यक्ष राजेश थापाले जानकारी दिए ।

थापाका अनुसार अहिले सामाजिक सञ्जाल मार्फत विधुत प्राधिकरण, उपभोक्त्ता समिति, जिल्ला प्राशासन लगाएतका निकायहरुलाई स्थानिय क्लव, आमा समूह विभिन्न संघ-सस्थाहरुबाट पत्र लेखेर ध्यानआकर्षण गराइएको छ । सामाजिक सञ्जालबाट पत्र लेखेर ध्यान आकर्षण गराइएको छ, यदि यो समस्या चाडै समाधान नभएमा भौतिक रुपमा पनि आन्दोलन गर्ने उनले बताए ।

सामाजिक सञ्जालबाट तिव्र रुपमा दवाव सिर्जना भएपछि गत १८ जेष्ठमा लमजुङ् विद्युत उपभोक्त्ता समितिले एक विज्ञप्ती जारी गर्दै, विद्युत आउने जाने समस्याको बारेमा जानकारी दिदै चाडैनै यो समस्याको समाधान गर्ने आश्वासन दिएको छ ।

लकडाउनको लामो असर जिल्लाको सबै क्षेत्रमा देखिएको छ । धेरै मार परेको क्षेत्रहरुमध्यमा शैक्षिक क्षेत्रपनि एक हो । राज्यको विकाशको पूर्वाधारमध्यको शिक्षा पनि एक महत्वपूर्ण पूर्वाधार हो ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार