असार २४, २०८२ मंगलबार July 8, 2025

खेलाडीलाई कोभिड-१९ विरुद्धको खोपका लागि पहल सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश खेलकुद परिषद् गण्डकीले खेलाडीको लागि कोरोनाविरुद्ध खोप व्यवस्थाको लागि पहल सुरु गरेको छ । प्रदेशको नेतृत्व गर्दै आठौं राष्ट्रिय खेकलुद प्रतियोगितामा र १३ औं सागका पदक विजेता खेलाडीलाई कोभिड–१९ विरुद्धको खोपका लागि पहल सुरु गरेको हो ।

परिषद्को बुधबार सम्पन्न बैठकले युवा तथा खेलकुद मन्त्रालयमार्फत खोपको पहल सुरु गर्ने निर्णय गरेको परिषद् सदस्यसचिव तेजबहादुर गुरुङले जानकारी दिए । कोरोनाको दोस्रो लहरको महामारीका कारण खेलकुद क्षेत्र ठप्प रहेकोले खेल क्षेत्र चलायमान गराउन खोप अनिवार्य भएको सदस्यसचिव गुरुङले बताए ।

बैठकले गण्डकी प्रदेशमा विभिन्न पर्यटन तथा साहसिक खेलकुदको अध्ययन तथा परामर्शका लागि वसन्तराज दवाडीको संयोजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरेको छ । जसको सदस्यमा परिषद् सदस्य केशव पाठक र गिरमान गुरुङ छन् । साथै असार दोस्रो साताबाट प्रदेशमा विभिन्न खेलका प्रशिक्षक उत्पादन गर्न अनलाइन कक्षा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार