असार २४, २०८२ मंगलबार July 8, 2025

नेपाल अस्ट्रेलियासँग ३-० ले पराजितः रोहितलाई रातो कार्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वकप-२०२२ को एसियाली छनोटको अन्तिम खेलमा नेपाल शुक्रबार अस्ट्रेलियासँग ३-० ले पराजित भएको छ । जबर अल अहमद इन्टरनेसल स्टेडियममा भएको खेलमा नेपालले पूरा दोस्रो हाफ १० खेलाडीमा सीमित रहेर खेल्नु परेको थियो ।

समूह ‘बी’ को खेलमा अस्ट्रेलियाले सातौं मिनेटमा म्याथ्यु लेकीको गोलले अग्रता लिएको थियो । उनले हेडबाट गोलको खाता खोले । उनकै पासमा फ्रान कारसिचले ३८ औं मिनेटमा दोस्रो गोल थपे ।

मार्टिन बोएलले ५७ औ मिनेटमा तेस्रो गोल थपे । पहिलो हाफको अन्त्यमा नेपालले रोहित चन्दलाई गुमाएको हो । बोएलमाथिको फलका कारण रोहितलाई रेफ्री अहमद अबुले रातो कोर्ड देखाएका थिए ।

गोल गर्ने अवस्थामा रहेका बोएलमाथि फल गरेपछि रोहितलाई रातो कार्ड देखाइएको हो । यस्तोमा नेपाल दबाबमा परेको थियो । नेपाली खेलाडीमध्ये कप्तान तथा गोलरक्षक किरण लिम्बू निकै ब्यस्त रहे र उनले विशेषत: दुवै हाफमा केही उत्कृष्ट बचाउ गरे ।

नेपालका लागि सुरज ठकुरी, कमल थापा र आयुस घलानले डेब्युको अवसर पाए । तीनै खेलाडीलाई दोस्रो हाफको इन्ज्युरी समयमा मैदानमा प्रवेश गर्न दिइएको थियो ।

छनोटमा अस्ट्रेलियाको यो लगातार सातौं जित हो र १४ अंकमा शीर्ष स्थानमा छ । अस्ट्रेलियाको क्यानबेरामा भएको छनोटको पहिलो लेगमा नेपाल ५–० ले पराजित भएको थियो ।

नेपालको भने यो छैटौं हार हो । नेपाल दुई जितबाट ६ अंकसहित पाँच टिम सम्मिलित समूहको चौथो स्थानमा रहेको छ । अब नेपालले एसियाकप छनोटको तेस्रो चरण अथवा प्लेअफ खेल्नेछ ।

नेपाल कुवेतमा यसपल्ट भएका छनोटका तीन खेलमध्ये एकमा विजयी रह्यो भने दुईमा पराजित रह्यो । यी तीनै खेल नेपालले आफ्नो घरेलु मैदानमा खेल्नु पर्नेमा कोभिड महामारीका कारण तटस्थ भूमिका रूपमा सारिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार