काठमाडौं: काठमाडौं उपत्यकामा भोलीदेखी थप एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञाको अवधि बढाएर ७ असारसम्म पु¥याइएको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा बढाउने निर्णय गरेको हो । बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाको सूचना जारी गरेका छन् ।






प्रतिक्रिया