काठमाडौंः गायक केशव भावुकको नयाँ गीत ‘म मजदुर मायाको’ सार्वजनिक भएको छ । नमिता दवाडीको शब्द तथा उदयराज पौडेलको एरेञ्ज रहेको सार्वजनिक गीतलाई केशव भावुक आफैले संगीत भरेका हुन् ।
उक्त गीतलाई अशोक महर्जनले मिक्सिङ गरेका हुन् । मिराज अर्यालले निर्देशन गरेका गीतको भिडियोमा उदिराम खड्का, विवेक खड्का, मनोज खड्का र दीपक बीटीएल फिचर्ड छन् ।
गीतको भिडियोलाई निर्देशक अर्याल आफैले छायाङ्कन, सम्पादन गरेका हुन् । भिडियोलाई महेश बाबु दवाडीले निर्माण गरेका हुन् । सार्वजनिक ‘म मजदुर मायाको’मा प्रेम, विरह र विछोडका कथालाई प्रस्तुत गरिएको छ । जसको कारण पनि गीतले दर्शकहरुको मन छुनेमा गायक भावुक विस्वस्त छन् ।
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया