बैसाख २६, २०८३ शनिबार May 9, 2026

नेपालमा साइबर हमला रोक्न सेक्युरिटी सिस्टम निर्माण हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले देशभित्रै र विदेशबाट हुनसक्ने साइबर हमला रोक्न साइबर सेक्युरिटी सिस्टम निर्माण गर्ने भएको छ । इन्टरनेट र नयाँ प्रविधिमा नेपाल पनि निर्भर भइरहेकाे याे अवस्थामा सुरक्षा जाेखिम न्यूनीकरणका लागि नेपाल दूरसञ्चार प्राधिकरणले यस्ताे सेक्युरिटी सिस्टम निर्माण गर्न लागेकाे हाे ।

कुनै समय हात-हतियारको सहायताले हुने युद्ध अब साइबर हमलाबाट हुने खतरा छ । यस्तो अवस्थामा धेरै सुरक्षा संगठनहरु साइबर हमलाबाट विश्वलाई कसरी बचाउन सकिन्छ भन्ने विषयमा काम गरिरहेका छन् । भने, विभिन्न देशमा राज्यस्तरबाटै साइबर सुरक्षामा काम भइरहेका छन् ।

नेपालमा पनि साइबर सुरक्षालाई लिएर बारम्बार बहस हुने गरेका छन् । सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति ल्याउने तयारी गरेकाे छ । यसैबीच प्राधिकरणले देशको साइबर सुरक्षालाई मजबुत बनाउने उद्देश्यका साथ साइबर सेक्युरिटी सिस्टम निर्माण गर्ने तयारी थालेकाे छ ।

यसका लागि प्राधिकरणले आगामी आथिर्क वर्ष २०७८/०७९ को कार्यक्रममा यसलाई समावेश गरेको छ । प्राधिकरण स्रोतका अनुसार उक्त सिस्टम स्थापना गर्नुकाे उद्देश्य विदेशी ह्याकरले देशको सिस्टममा हमला गर्न खोजेको अवस्थामा हमला हुनुअघि नै त्यसलाई पहिचान गरी रोक्नु हाे । त्यस्तै यसले देशभित्रबाटै हुने साइबर हमलालाई समेत पहिचान गरी हुनसक्ने हमलाबाट बचाउन मद्धत गर्नेछ ।

यसका लागि प्राधिकरणले आगामी आर्थिक वर्षमा दुई फरक कार्यक्रम राखेको छ । जसमा पहिलो साइबर सेक्युरिटी सिस्टम स्थापनाका लागि आवश्यक अध्ययन (डीपीआर) तयार पार्नेछ । त्यस्तै दोस्रो कार्यक्रम अन्तर्गत उक्त सिस्टम निर्माण गरी सञ्चालनमा ल्याउनु रहेको छ ।

यो सिस्टमले साइबर सुरक्षाको पहिचान गरी सम्भावित जाेखिम रोक्न सहयाेग गर्ने बताइएकाे छ । प्राधिकरण स्रोतले भन्यो, ‘हमला गर्ने व्यक्ति तथा समूह पहिचानका लागि साइबर फरेन्सिक ल्याब स्थापना गर्न आवश्यक छ । त्यसला लागि आउँदा वर्षहरुमा काम अघि बढ्ने छ ।’- टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख १२ हजार राजस्व सङ्कलन
२०८३ बैसाख २६, शनिबार
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार