असार ५, २०८३ शुक्रबार June 19, 2026

पार्टीको वैधानिकता र नेपाली काँग्रेस नै समाप्त हुने अवस्था आउन हामीले दिन्नौं : डा. शेखर कोइराला (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पार्टीको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने भनिएको छ । कसरी  यो समयमा हुनसक्छ केही आधार दिन सक्नुहुन्छ ?

पदाधिकारी बैठकले निर्णय गरेर बिहीबार केन्द्रीय समितिमा पेस गर्ने भनिएको छ । सभापतिजीले वक्तव्यनै निकालेर भदौमै महाधिवेशन गर्न आफू प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सभापतिको वक्तव्य र पदाधिकारी बैठकको निर्णयलाई सकारात्मक लिनुपर्छ । र, हामी महाधिवेशन सफल पार्न गर्नु पर्ने काम गर्न लाग्नुपर्छ । आधारका कुरा गर्दा क्रियाशील सदस्यता धरै जिल्लामा टुंगिसकेको छ । अब १०, १२ जिल्ला बाँकी होलान् । क्रियाशील सदस्यहरूको छानबिन हुँदैछ । त्यहाँ आउने विवाद समाधान भएपछि त अधिवेशन गर्ने प्रक्रियामा हामी गइहाल्छौं ।

तर, जिल्ला जिल्लाका नेता कार्यकर्ताका कुरा सुन्ता त क्रियाशील सदस्यताका विषयमा व्यापक विवाद रहेको बुझिन्छ । तपाईले भनेजस्तै सहजै समाधान हुन्छ त ? 

यो सदस्यताका विषयमा कांग्रेसमा मात्र होइन, सबै पार्टीमा विवाद हुन्छ । तर, त्यसलाई कसरी समाधान गर्ने भन्ने हो । समाधान गर्न नेतृत्व नै लाग्यो गाह्रो छैन, हुन्न । सभापतिले नै १४ औँ महाअधिवेशन आफू प्रतिबद्ध रहेको बताइसक्नु भएको छ ।

त्यसबाट हामीले सभापति मोडालिटी चेन्ज गरेर भए पनि महाधिवेशन गर्न तयार हुनुहुन्छ भन्ने बुझेका छौं । संविधानतः पनि हामीले भदौभित्र गर्नु पर्नेछ । संविधानले महाधिवेशन भनेको छैन, संविधानले निर्वाचन भनेको छ । मोडालिटी चेन्ज गरिकन जिल्ला जिल्लामा, प्रदेशमा प्रादेशिक प्रदेशको क्षेत्रहरुमा हामीहरुले निर्वाचन गयौँ भने हुनसक्छ ।

यस्तो कोभिड–१९ महामारीमा प्रतिनिधिले भाग लिएर महाधिवेशन गर्ने सम्भावना रहन्छ त ? 

महाधिवेशन गर्न इच्छाशक्ति हुनुपर्छ । साँढे चार हजार क्रियाशीलको निर्वाचन हुनसक्दैन् । चौध हजारको कसरी गर्नुभयो ? भनेर तपाँईहरुले कोरोनाको कहरको बेलामा प्रश्न गरेको होइन ? १४ हजारको अनि तपाँईँहरुले भोट हालेको होइन । तपाँईहरुले गर्नहुने नेपाली काँग्रेसले गर्नसक्दैन । सभापतिलगायत अरु साथीहरुको इच्छाशक्ति भएमा सम्भव छ ।

सभापति देउवाले महाधिवेशन गर्न चाहनु भएको छैन भनेर तपाइहरुले नै भन्दै आउनु भएको हो । अब उहाँ भित्रबाटै महाधिवेशन गर्न तयार हुनुभएको हो ?

सभापतिले विज्ञप्ति निकालेर समयमै महाधिवेशन हुन्छ भन्नुभयो । पदाधिकारी बैठकले पनि त्यो निर्णय गर्यो । त्यसलाई पारित गर्न केन्द्रीय समिति बैठक आह्वान भएको छ । त्यसलाई त हामीले विश्वास गर्नुपर्यो नि । त्यसको लागि हामीले पनि पहल गर्नुपर्यो ।

महाअधिवेशन गर्न देखिएका समस्या समाधानका लागि के गर्नुपर्ला ?

सदस्यता वितरण पहिले पहिलेको महाधिवेशनमा पनि हुन्थ्यो । यस पटक अलिकति बेसी छ । यो कुरा म मान्छु । तर, जुन जुन जिल्ला, क्षेत्र र वडामा विवाद छ त्यो विवादलाई थाँती राख्ने, अनि तिनीहरुलाई १५ औं महाअधिवेशनमा राखिदिने र जुन जुन वार्डहरुमा र जुन क्षेत्रमा विवाद छैन्, त्यहाँमात्रै क्रियाशील मान्यता दिने । अनि जिल्ला जिल्लामा भोटिङ गर्ने । यो मेरै क्षेत्रमा पनि भएको कुरा हो । यसले समस्याको समाधान हुन सक्छ ।

महाधिवेशनको सन्दर्भमा सभापति परिवर्तन भएर सकारात्मक हुनुभएको हो भन्ने तपाईको बुझाइ हो ? 

सभापतिको सकारात्मकतामा आशंका गर्ने होइन । उहाँले जनाएका प्रतिबद्धता अनुरुपका काम हुन्छन् कि हुँदैनन् हामीले त्यो हेर्ने हो । भदौमा महाअधिवेशन हुन्छ भने त्यो राम्रो हो । तर, त्यतिले त अधिवेशन हुँदैन नि । छानबिन समितिले कति काम गरेको छ ।

छानबिन समितिका पदाधिकारी बस्नुपर्यौ । केन्द्रीय कमिटी हुन सक्दैन् । केन्द्रिीय कमिटी नभएपछि पधादिकारीले भनेको हामीले त मानेकै छौँ । नेपाली काँग्रेसको १४औँ महाअधिवेशनको बारेमा पदाधिकारीहरुको छलफल भएकै छैन । सबैभन्दा महत्वपूर्ण कुरा आजै गर्नुपर्यो ।

अहिलेसम्म विधानमा भएको व्यवस्था अनुरुप नियमित रुपमा कांग्रेस महाधिवेशन भएको देखिदैन । सधै समय थप्नु परेको हामी देख्छौं, यसको कारण के हो ? 

ठूलो र पुरानो पार्टी हो । सदस्य धेरै छन् । लामो समय पार्टीमा काम गरेका साथीहरु हुनुहुन्छ । यसले समस्या देखिन्छ । त्यसलाई कसरी मिलाउने भन्नेमा केही समय लाग्ने गर्छ । तर, हामीले अहिलेसम्म ऐन, नियम र कानुनअनुरुप नै महाधिवेशन गरेर यहाँसम्म आएका छौं । यो पटक पनि संविधानमा भएको व्यवस्था अनुरुप महाधिवेशन गरेर हामीले पार्टी बचाउँछौं ।

यहाँहरुले संवैधानिक संकटमा पार्टीलाई पुर्याउनुहुन्न ? 

पार्टीको वैधानिकता र नेपाली काँग्रेस नै समाप्त हुने अवस्था आउन हामीले दिन्नौं । कुनै कारणवस अधिवेशन भएन भने नेपाली काँग्रेसको वैधानिकता समाप्त हुन्छ भन्ने हामी सबैले बुझेका छौँ । सभापतिजीले झन धेरै बुझ्नुभएको होला किनभने तपाँईले देख्नुभयो त नेकपाको पार्टी कसरी छुट्याइयो ।

एमाले र माओवादी कोर्टमा त कोही न कोही त जान्छ । निर्वाचन आयोगमा कोही न कोही त जान्छ । भएका घट्नाहरुलाई पनि त हेरौँ न हामीले अनि निर्णय लिउँ त्यसकारण यो हुनैपर्छ । यसमा कुनै इफ एण्ड बट्सको कुरै नगरौँ । हो, हाम्रो छानबिन समितिमा हाम्रो संयोजकजीलाई कोरोना भएको छ ।

उहाँको शिघ्र स्वास्थ्यलाभको कामना पनि भन्न चाहन्छु । तर, कसरी गर्ने हो त्यो त गर्नुपर्यो नि त कमिटीले त होमवर्क गर्दै जानुपर्यो नि त । संयोजक विरामी हुनुभयो भनेर काम रोक्न थालेर त हुँदैन । अनि सभापतिजीका खाली चिठ्ठीको भरमा मात्रै हुँदैन ।

कांग्रेस सरकारमा जाने प्रयासमा लागेको छ । पार्टीमा २४सै घण्टा सरकारमा कसरी जाने भन्ने बहस भैरहेको छ ? पार्टी महाअधिवेशनबारे छलफल भएको त्यति सुनिन्न त ?

होइन, होइन । हामी छलफल गर्दैछौं । जुमबाटै छलफल गर्दैछौँ । हामी त धेरै अगाडि बढिसकेका छौँ । यसमा तपाईँहरु ढुक्क हुनुहोस् । महाअधिवेशनको बारेमा हाम्रा साथीहरु र हामीहरु एकदमै अगाडि बढेका छौँ । तर, पदाधिकारी र सभापतिजीहरु नबसिकन उहाँहरुले मोडालिटी र डेट उ नगरिकन् छानबिन समितिले काम नगरिकन त के गर्नुहुन्छ त ? हामीहरु मात्रै अगाडि बढेर त हुँदैन नि, हामी धेरै अगाडि बढिसकेका छौं । त्यो पनि बताइदिन्छु तपाँईलाई ।

तर, बाहिरबाट हेर्दा त कांग्रेसलाई महाधिवेशन भन्दा सत्ताको चिन्ता भएको जस्तो देखिन्छ ? 

संसदीय व्यवस्थामा सरकारमा जाने वा सरकारमा नजाने, वा विपक्षमा बस्ने कि वा सरकारको पार्ट हुने, वा मुख्यमन्त्री हुने, वा प्रधानमन्त्री हुने यो सबै चलिरहन्छ । तर, मुल कुरा के हो भने त्यो चल्लनको लागि पार्टीको महाअधिवेशन महत्वपूर्ण छ । पार्टीनै भएकोले त्यो सरकारको कुरा आएको हो ।

पार्टीको वैधानिकता समाप्त हुन थाल्यो, पार्टीको वैधानिकता समाप्त भयो भने हामी कहीँको रहँदैनौँ । शेखर कोइराला रहन्छ, तर शेखर कोइराला नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहँदैन् । त्यो बुझ्नुपर्यो । खाली त्यो कागजमा वैधानिकता बनाएर हुँदैन् । लोकतान्त्रिक पार्टी भन्ने कागजी घोडामात्रै गरेर लोकतन्त्र बचाउँछु भनेर हुँदैन नि । अधिवेशन त हुनुपर्यो नि । संगसंगै सरकारमा जाने कुरा छ, जो सार्थीहरु जानुहुन्छ । जानुहुन्छ नि । राजतिलक साप्ताहिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
२०८३ असार ५, शुक्रबार
काठमाडौं राप्रपामा विद्रोह, अध्यक्ष सिम्खडासहित १०७ जनाले छाडे पार्टी
२०८३ असार ५, शुक्रबार
काभ्रेमा आठ हजार नागरिकता जारी, २७ हजार परिचयपत्रको आवेदन
२०८३ असार ५, शुक्रबार
फिफा विश्वकप : दक्षिण कोरियालाई हराउँदै मेक्सिको नकआउट चरणमा प्रवेश
२०८३ असार ५, शुक्रबार
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार