कार्तिक ११, २०८३ बुधबार October 28, 2026

गायक प्रवीण बेडवालको नयाँ गीत ‘तिम्रो मुहारमा…’ म्युजिक भिडियो सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गायक प्रवीण बेडवालको स्वरको नयाँ गीत ‘तिम्रो मुहारमा…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रेम र समर्पणलाई चित्रण गरिएको उक्त गीतका शब्दहरु प्रमोद भट्टराई प्रतीकले रचना गरेका छन् भने यो गीत कृति न्यौपानेद्वारा संगीतबद्ध छ । गीतको म्युजिक भिडियोमा अभिनेता श्रीदेव भट्टराई तथा मोडल नग्मा श्रेष्ठले अभिनय गरेका छन् ।

ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको यस गीतको भिडियोमा अजय रेग्मीको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

प्रमोद भट्टराई प्रतीकद्वारा निर्माण भएको यस गीतको भिडियोलाई हेमप्रभास अधिकारीले निर्देशन गरेका हुन् । -कलाकर्मी

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया