मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

१५ दिनभित्र पार्टी आधिकारिकताको दावी पेश गर्न ठाकुर पक्षलाई पत्र पठाउने आयोगको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः निर्वाचन आयोगले जसपाको महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न पत्र पठाउने भएको छ।

आइतबार बसेको निर्वाचन आयोगको बैठकले १५ दिनभित्र पार्टी आधिकारिकताको दावी पेश गर्न ठाकुर पक्षलाई पत्र पठाउने निर्णय गरेको हो।

उपेन्द्र यादव समूहले आयोगमा जसपाको आधिकारिकता दावी पेस गरिसकेको छ। यादव समूहले पार्टीको कार्यकारिणी समितिको बहुमतसहित शुक्रबार आयोगमा पार्टी आधिकारिकताको दावी पेश गरेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया