कार्तिक ११, २०८३ बुधबार October 28, 2026

तुलसी र कमलको ‘मनको माया’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः रामजी पौडेलको शब्द लयमा गायीका तुलसी क्षेत्री र कमल कालिकोटेको मनको माया सार्वजनिक भएको छ । जिसी इन्टरटेन्मेन्ट नेपालको युट्यूब च्यानलबाट गीत सार्वजनिक गरिएको हो ।

गीतमा गायीका तुलसी क्षेत्रीकै अभिनय रहेको छ भने उनलाई  जयरामप्रताप केसीले साथ दिएका छन् ।

पोखराको बिभिन्न ठाउँमा छायंकन गरिएको म्यूजिक भिडियोलाई होम गुरुङले निर्देशन गरेका हुन् भने गणेश सापकोटाको छायंकन र सुबास अँगाईको सम्पादन गितमा देख्न सकिन्छ ।

पछिल्लो समयकी चर्चित युवा गायीका तुलसी क्षेत्रीका यस अघिका पनि थुप्रै गीतहरु चर्चामा छन् ।

पोखरामा रहेर संगीत क्षेत्रलाई अगाडी बढाएकी उनको अब छटै इन्द्र जिसी र पार्वती जिसीसंगको सहकार्यको गीत बजारमा आउँदै छ ।

यस मनको माया दिउँला भनेको गीतलाई हेरेर सल्लाह सुझाब दिन गायीका तुलसी क्षेत्रीले सबैलाई आग्रह गरेकी छन् ।

भिडियोमा हेर्नुहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया