वैशाख २८, २०८१ शुक्रबार May 10, 2024

कांग्रेसमा होला त नयाँ ध्रुवीकरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछिको साढे तीन वर्षमा संगठन सुदृढीकरणभन्दा आन्तरिक किचलोमा अल्झिएका नेपाली कांग्रेसका नेताहरूको ध्यान पार्टीको १४औं महाधिवेशनमा केन्द्रित बन्न पुगेको छ। केन्द्रीय समितिको बैठकले भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्नेगरी कार्यतालिका संशोधन गरेसँगै गुट–उपगुटमा विभक्त कांग्रेसमा नेतृत्वका लागि ध्रुवीकरण सुरु भएको छ ।

१४औं महाधिवेशनमा पनि पहिलो पुस्ता शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएका बेला दुवैतर्फका दोस्रो तहका नेताहरूले पार्टी नेतृत्वका लागि आफूलाई अघि सारेका छन्। युवा पुस्ताका केही नेताले आगामी महाधिवेशनबाट पहिलो पुस्तालाई बिदा गर्नुपर्ने बताइरहेका बेला उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइरालाले नेतृत्वका लागि आकांक्षा देखाउँदै तयारीमा जुटेका हुन्।

पूर्वसहमतिविपरीत देउवा फेरि पार्टी नेतृत्वको दौडमा खडा भएको भन्दै असन्तुष्ट उपसभापति निधिले दोस्रो तहका आकांक्षीहरूसँग छलफल थालेका छन्। एक वर्षअघि नै देउवासँग सभापतिको उम्मेदवार बन्ने इच्छा राख्दै अन्य नेताहरूसँग पनि भेटघाट गरेका निधिले सोमबार महामन्त्री शशांक र पूर्वमहामन्त्री सिंहलाई आफ्नै निवासमा बोलाएका हुन्। आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा शशांक र सिंहलाई आफ्नो निवासमा ‘लन्च मिटिङ’ आयोजना गरेको बताइए पनि नेताहरूबीच पार्टीभित्र नयाँ समीकरणका लागि छलफल थालिएको विश्लेषण गर्न थालिएको छ।

संस्थापन र संस्थापनइतर समूहमा पहिलो पुस्ताका नेताहरू विकल्पका विषयमा बहस चलिरहेका बेला तीन नेताबीचको छलफलले नयाँ ध्रुवीकरणको संकेत गरेको छ।

कांग्रेसका पुराना नेता रामचन्द्र पौडेलले पार्टी संगठन र मुलुकका सामु गम्भीर चुनौती रहेका बेला तीन नेताहरूको लन्च मिटिङले नयाँ छलफल आरम्भ मात्र भएको बताउँछन्। अहिले नै निधि शशांक र सिंह मिलेर पार्टी नेतृत्वमा प्रतिस्पर्धा गर्छन् भन्न हतार हुने बताउँदै पौडेलले थपे, ‘शेरबहादुर देउवा र रामचन्द्र पौडेलपछि कांग्रेसमा उहाँहरू (विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंह) नै महत्वपूर्ण फ्याक्टरहरू हो। उहाँहरू तीनैजना एकै ठाउँमा बसेर छलफल गर्नु राम्रो कुरा हो। यसले महाधिवेशनको एउटा तरंग प्रारम्भ गरेको छ। नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बर्डफ्लू संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन : डब्लुएचओ
२०८१ वैशाख २८, शुक्रबार
कोशी प्रदेशको बजेट अधिवेशन बैशाख ३१ गते आव्हान गर्न सिफारिस
२०८१ वैशाख २८, शुक्रबार
कर्णालीका मुख्यमन्त्री र मन्त्रीबीच विवाद हुदा ५७४ टुक्रे योजना अलपत्र
२०८१ वैशाख २८, शुक्रबार
अभिभावक बन्दै जस्टिन र हेली
२०८१ वैशाख २८, शुक्रबार
निःशुल्क ज्योतिष प्रशिक्षण कार्यक्रम सम्पन्न
२०८१ वैशाख २८, शुक्रबार
लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटियो- काँग्रेस
२०८१ वैशाख २८, शुक्रबार
साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्छौं- प्रधानमन्त्री
२०८१ वैशाख २८, शुक्रबार